कालीमाटी फलफूल तथा बजारमा कोरोना परीक्षण

१ जेठ, काठमाडौं । काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा बिहीबार कोरोना संक्रमण परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा कालिमाटी तरकारी बजारभित्र तरकारी बिक्री गर्ने, ढुवानीलगायतका काममा संलग्नको परीक्षण गरिएको हो ।

बजार क्षेत्रभित्र प्रत्यक्ष रुपमा कृषि वस्तुको खरिद बिक्रीमा संलग्न हुने व्यवसायी, व्यवसायीका सहयोगी, ढुवानीमा संलग्न हुने चालक, सहचालक, भरिया, सरसफाइ मजदुर, सुरक्षाकर्मी र कर्मचारीको परीक्षण गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

यहाँ ६ सय जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट परीक्षण गरिएको छ । त्‍यस्तै ३ सय जनाको पीसीआर प्रविधिबाट कोरोना सं‌क्रमण परीक्षण गर्न स्वाब संकलन गरिएको छ । बिहीबार परीक्षण नसकिए शुक्रबार पनि नमुना लिइने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

 

सम्बन्धित खवर