क्वारेन्टाईन स्थलमा स्वास्थ्यकर्मी कुट्ने मुख्य आरोपी प्रहरीको नियन्त्रणमा

२२ जेठ, रौततहटको राजपुर नगरपालिका ९ बैरियास्थित ठूलो मदरसाको क्वारेन्टिनमा स्वास्थ्यकर्मी कुट्ने मुख्य आरोपी रुस्तम मियाँलाई जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले उनलाई गाउँबाटै नियन्त्रणमा लिइएको हो । उनी राजपुर नगरपालिका ९ का बासिन्दा हुन् ।

स्वास्थ्यकर्मीलाई कुट्ने अन्य तीन जना भने फरार भएको र उनीहरुको खोजी भइरहेको प्रदेशका प्रहरी प्रमुख डीआइजी धीरजप्रता सिंहले जानकारी दिए ।

उनीहरुको कुटाईबाट सिनियर अहेव खुर्सीद आलम र रामनरेश साह घाइते भएका थिए । आलमको टाउको नै फुटेको छ ।

सम्बन्धित खवर