रौतहटमा घरबाटै अपहरण प्रयास

रौतहटको गरुडा नगरपालिका मलाही टोलकी एक महिलालाई गएराति घरबाटै अपहरणको प्रयास भएको छ । आफ्ना छोराछोरीसँग रहेकी महिलालाई गएराति ९ बजे चार जनाको समूहमा आएको अपहरण प्रयास गरेका हुन् ।

महिलाका श्रीमान कामको सिलसिलामा गौरमा रहेको मौका छोप्दै चार जनाको समुहले अपहरणको प्रयास गरेको थियो । “घरमा बसिरहेको बेला अचानक आएर मुख थुन्दै बोकेर लग्न थालेका थिए,’ पीडित महिलाले भनिन्, ‘अपहरणकारीहरुले चारैतिरबाट घेरेर उनीहरुले जबरजस्ती घिसार्न थालेपछि गुहार माग्दै धेरैबेर कराएँ । होहल्ला सुनेर छिमेकीहरुले ती अपरहरणकारीहरुलाई समात्न खोज्दा चारै जना भागे ।’

अपहरण गर्न आएका तीन जना गरुडा नगरपालिकाका र एक जना गढीमाई नगरपालिकाको भएको ती महिलाको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । घटनामा संलग्नहरु चाँडै नियन्त्रणमा आउने छन् ।’

सम्बन्धित खवर