काठमाडौँ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ र भक्तपुरमा गरि थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाण्डौमा १ जना र भक्तपुरका ७ जना महिलामा कोरोना संक्रमण देखिएको छ। यस्तै हिजो शुक्रबार पनि काठमाडौँमा ३ जनामा कोरोना संक्रमण देखिएको थियो।

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ। लकडाउन खुकुलो भएसंगै बाहिर जिल्लाबाट आउने मानिसबाट काठमाण्डौ उपत्यकामा कोरोना भाईरसको जोखिम बढिरहेको छ।

सम्बन्धित खवर