बिर्तामोड ।
झापाको बिर्तामोड–४ मा रहेको गोमेन्द्र बिर्ता मोडेल स्कुलले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिइंदै आएको जनाएको छ । विर्तामोड क्षेत्रका मध्यम र न्यून वर्गीय विद्यार्थीहरुलाई लक्षित गरेर स्कुलले कक्षा ११ र १२ मा न्युन शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको जनाएको छ ।

स्कुलले आज पत्रकार सम्मेलन गर्दै पढाइ हुने बिषयहरुको शुल्क सूची सार्वजनिक समेत गरेको छ । कक्षा ११ र १२ मा पढाई हुने विषयहरुको शुल्क सूची विद्यालयले सार्वजनिक गरेको हो ।
गोमेन्द्र स्कुलले कक्षा ११ र १२ मा होटल मेनेजमेन्ट, कम्युटर साइन्स र विजनेश स्टडिज विषयमा निम्न शुल्कमा गुणस्तरीय शिक्षा दिंदै आएको विद्यालयका निर्देशक उत्तम खनालले जानकारी दिए ।

_1736908732.jpg)
विद्यालयले अत्याधुनिक र सुविधासम्पन्न प्रयोगशालामा दैनिक प्रयोगात्मक कक्षाहरु मर्फत होटल मेनेजमेन्ट पठनपाठन गराउँदै आएको विद्यालयका भाइस प्रिन्सिपल तीर्थ दाहालले बताए ।

गोमेन्द्रले होटल मेनेजमेन्ट अन्तर्गत कक्षा ११ मा भर्ना शुल्क, मासिक शुल्क र प्रयोगात्मक शुल्क गरि ८५ हजार तोकिएको उनले बताए ।
त्यस्तै मलेसियाको लिंकल कलेजसँगको सहकार्यमा डुवल कोर्षका लागि २ लाख ५० हजार, एक्ज्युकेटिभ प्रोफेसनल डिप्लोमा ३ लाख ७० हजार, प्रोफेसनल डिप्लोमा इन कलिनरी आर्टसमा ३ लाख ३० हजार र एक्ज्युकेटिभ प्रोफेसनल डिप्लोमा इन कलिनरी आर्टसमा ५ लाख १० हजार शुल्क तोकिएको पत्रकार सम्मेलनमा विद्यालयका निर्देशक खनालले जानकारी दिए ।
त्यस्तै प्रोफेसनल डिप्लोमाका लागि २ लाख ५० हजार, एक्ज्युकेटिभ प्रोफेसनल डिप्लोमा २ लाख ६० हजार, डिप्लोमा इन कलिनरी आर्टसमा २ लाख २० हजार र एक्ज्युकेटिभ प्रोफेसनल डिप्लोमा इन कलिनरी आर्टसमा ४ लाख शुल्क तोकिएको खनालले जानकारी दिए । उल्लेखित सबै कार्यक्रमहरुमा परीक्षा रजिष्ट्रेशनका लागि अतिरिक्त १२० डलर लाग्ने बताइएको छ ।
गत बर्षबाट शुरु भएको होटल मेनेजमेन्ट कोर्षअन्तर्गत हाल कक्षा १२ मा ३२ जना विद्यार्थी अध्ययनरत छन् ।
त्यस्तै सिटिइभिटी अन्तर्गत वारिष्टा, वेटर÷वेट्रेस, बारटेण्डर, रिसेप्सनिष्ट आदिको छोटो अवधिको तालिमसमेत विद्यालयले प्रदान गर्दै आएको बताइएको छ ।
होटल मेनेजमेन्ट अध्ययन गर्ने विद्यार्थीका लागि होटल मेची क्राउन, मेरियट होटल, मे फेयर होटल, रोयल अर्किड, वेदान्त ताज, र्याडिसन, जेबियल ग्रुप अफ होटल, एक्प्रेस इन, रमदा आदिमा इन्टर्नको व्यवस्था गरिएको छ ।
कम्प्युटर साइन्स अध्ययन गर्ने विद्यार्थीहरुका लागि भर्ना शुल्क ८ हजार, मासिक शुल्क ४ हजार तथा विजनेश स्टडिज गर्नेहरुका लागि भर्ना शुल्क ८ हजार र मासिक शुल्क तीन हजार पाँच सय तोकिएको समेत विद्यालयद्धारा जारी गरिएको बिज्ञप्तिमा उल्लेख छ । नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत सहित औचित्यमाथि निर्देशक खनालले प्रकाश पारेका थिए ।