झापा : श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर झापाको बिर्तामोडमा श्रीकृष्ण जन्माष्टमी महाउत्सव २०८२ आयोजना गरिएको छ ।
आगामी साउन ३१ गते श्री राधा माधव भजनस्थलीले झापाको बिर्तामोडस्थित अग्रसेन भवनमा श्रीकृष्ण जन्माष्टमी महाउत्सव २०८२ आयोजना गरेको हो ।

_1751853734.jpg)
मंगलवार झापाको बिर्तामोडस्थित अग्रसेन भवन परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमको तयारीका बिषयमा जानकारी गराइएको छ ।

_1736908732.jpg)
भक्ति शिद्धान्तदास ब्रम्हाचारी, शिद्ध स्वरुप दास ब्रम्हाचारी, मनः शिक्षा दास ब्रम्हाचारी, शान्तिदाता माधव दास, विनी माताजी लगायतले आयोजना गर्न लागिएको श्रीकृष्ण जन्माष्टमी महाउत्सवका विषयमा जानकारी गराएका थिए ।

हिन्दू धर्मावलम्बीहरुलाई भागवत गीता र श्रीमद् भागवत महापुराणका विषयमा समाजमा प्रचार प्रसार गर्ने उद्धेश्यले ‘हरे कृष्ण मोमेन्ट’ अभियान सञ्चालन गरिएको श्री राधा माधव भजनस्थलीका अध्यक्ष समेत रहेका भक्ति सिद्धान्त साद ब्रम्हचारीले जानकारी दिए ।
भगवान श्रीकृष्ण र गुरुको प्रशन्नता, सनातन धर्मको रक्षा र प्रर्वधन, युवालाई सनातन संस्कृति र अध्यात्मिकसंग जोड्नु , हरे कृष्ण महामन्त्रको प्रचार गर्नु, सबैलाई कृष्ण सेवामा लाग्न प्रेरणा दिने उद्देश्यले हरे कृष्ण अभियान सञ्चालन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा साउन ३१ गते विहान ७ः३० बजेदेखि विशेष कार्यक्रम हुने जनाइएको छ । जस अन्तरगत दर्शन आरती र गुरु पूजा, कृष्ण कथा १, विश्व शान्ति महायज्ञ, भजन कीर्तन, कृष्ण कथा २, भजन कीर्तन, हरे कृष्ण वृत्त चित्र, वालवालिकाको सांस्कृतिक कार्यक्रम ,कृष्ण कथा ३, ब्रम्हाचारी भक्तको नाट्य प्रस्तुति, आरती र कीर्तन, कृष्ण कथा ४, महाभिषेक, ५६ भोग अर्पण र राति १२ बजे कृष्ण जन्मेको अवसर पारेर महाआरती र कीर्तन गरिने आयोजक समितिले जनाएको छ ।
कार्यक्रमको अवसर पारेर सो दिन निःशुल्क रुपमा महाप्रसाद वितरण गरिने छ भने पाँच हजार भन्दा बढी भक्त जनलाई महाप्रसाद बितरण गरिने जनाइएको छ ।
महाउत्सवमा झापाका विभिन्न ठाउँसहित भारतको सिलिगुढी तथा विहारबाट समेत दशौं हजार भक्तजनको उपस्थिति रहने आयोजकको अनुमान छ ।
कार्यक्रमको अवसर पारेर साउन ३१ गते साँझ ७ः३० बजेदेखि सुप्रशिद्ध भजन गायक राजु अधिकारी र रोशन अधिकारीसहितको टिमले कार्यक्रममा भजन कीर्तन लगायतका सांगीतीक कार्यक्रम प्रस्तुत गर्ने जनाइएको छ ।
वालाजी मन्दिर बिर्तामोड ५ ले आयोजना गर्ने श्रीकृष्ण रथ यात्रामा समेत सहभागीता जनाउने श्री राधा माधव भजनस्थलीले जनाएको छ । रथ यात्राले बिर्तामोड नगर परिक्रमा गर्ने छ । जहाँ स्थानीय संघ संस्थाका पदाधिकारी, स्थानीय प्रशासन, नागरिक समाजका अगुवा, धार्मिक व्यक्तित्व र आम जनसाधारणको उपस्थिति रहने जनाइएको छ ।
श्री राधा माधव भजनस्थलीले सनातन धर्मको गौरवशाली परम्परामा स्थापित हुँदै जिल्ला प्रशासन कार्यालय झापामा दर्ता रही झापा गाउँपालिका ३ मा मुख्य कार्यालय समेत स्थापना गरेको छ । यसलाई परमपुज्य भक्ति शिद्धान्त दास ब्रम्हचारीले स्थापना गरेको कार्यक्रममा जानकारी दिइयो । उनी जीवनभर ब्रम्हाचारी रहँदै आएका नेपालका वरिष्ठ बैष्णव भक्तका रुपमा परिचित छन् ।
श्रीकृष्ण जन्माष्टमी हिन्दू धर्मको एक महत्वपूर्ण तथा पवित्र पर्व हो । जसलाई भगवान श्रीकृष्णको जन्मदिनको रूपमा भव्य रूपमा मनाइन्छ । भगवान श्रीकृष्णलाई विष्णुको आठौं अवतार पनि मानिन्छ ।
धर्म, सत्य, प्रेम र करुणाको प्रतीकका रूपमा उहाँको पूजा गरिन्छ । गीता, महाभारत र विभिन्न पुराणहरूमा कृष्णको दिव्य कर्म र उपदेशको विशेष चर्चा गरिएको छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर झापामा वृहत र पृथक कार्यक्रमको आयोजना गरिएको र यो कार्यक्रममा सहभागीताका लागि आयोजक समितिले सबैलाई अनुरोध गरेको छ ।