बिर्तामोड ।

श्री बालाजि धाम ,श्याम मन्दिर निर्माण समिति, अग्रसेन भवन बिर्तामोडबाट एक टोली श्री श्याम अखण्ड ज्योत यात्राकालागि  खाटुधाम प्रस्थान गरेको छ ।

बाबाको दिब्य शीश एवंम अखण्ड ज्योत यात्राका लागि २४ सदस्यीय टोली आज भारतको राजस्थानस्थित  खाटुधाम प्रस्थान गरेको हो ।  

बिर्तामोड स्थित अग्रेसन भवनमा आज  एक कार्यक्रमका बिच कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उक्त टोलीलाई बिदाई गरेका छन् ।

pic dddd

बालाजी धाम परिसरमा बिगत ४ बर्षदेखि निर्माणधिन अवस्थामा रहेको श्याम मन्दिरको बाबाको प्रतिमा (शिश) लिन श्याम मन्दिर निर्माण समितिका सचिव बिनोद बंशल र बालाजी मन्दिर समितिका संयोजक नबिन गोयलको नेतृत्वमा २४ जनाको टोली खाटु धाम हिंडेको  श्याम मन्दिर निर्माण समितिका संयोजक सुरेश बंशलले जानकारी दिए ।

karki pic

टोली माघ ४ गते काँकरभिट्टा आइपुग्ने जनाइएको छ । शिश लिएर आउने टोलीलाई  काँकरभिट्टा, धुलाबारी हुँदै झाँकी सहित ल्याइने र बिर्तामोड नगर परिक्रममा गराउने कार्यक्रम तय भएको संयोजक बंशलले बताए ।  

pic bikki

उक्त बाबाको प्रतिमा (शिश) फागुन २ गते मन्दिरमा प्राण प्रतिस्थापन गरी मन्दिरको उद्घाटन गरिने जनाइएको छ । मारवाडी समुदाय, बिभिन्न संघसंस्थाबाट संकलित करिब ४ करोड रुपैयाँको लागत मन्दिर निर्माण भइरहेको छ । मन्दिरको काम ९५ प्रतिशत पुरा भएको जनाइएको छ । 

pic goy

अग्रसेन भवनका अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरेको अध्यक्षता तथा कोशी प्रदेश मुख्य मन्त्रि केदार कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा मुख्यमन्त्री कार्कीलाई मारवाडी समुदायले स्वागत तथा सम्मानसमेत गरेको  थियो ।

 मन्त्रीलाई मारवाडी युवा मञ्च, मारवाडी सेवा समिति, मारवाडी महिला मञ्च, मारवाडी युवती मञ्च, बालाजी मन्दिर, अग्रसेन भवन परिवार लगायतले स्वागत सम्मान गरेका हुन् ।  कार्यक्रमको सञ्चालन अग्रसेन भवनका पूर्व अध्यक्ष शिवकुमार अग्रवालले गरेका थिए । 

कार्यक्रममा बिर्तामोड ५ का वडाध्यक्ष रोहीत प्रसाई, अर्जुनधारा ६ का वडाध्यक्ष हरिशचन्द्र बास्तोला, सहित बिभिन्न  संघसंस्थाका प्रतिनिधि सहित मारवाडी समुदायको बाक्लो उपस्थिती रहेको थियो ।