झापा । 

यातायात व्यवस्था कार्यालय झापाबाट बिचौलियालाई प्रहरीले नियनत्रणमा लिएको छ । 

 सञ्चार माध्यममा बिचौलियाका कारण  सेवाग्रहीले दुःख पाएको जनगुनासो बढेसँगै शुक्रबार कार्यालयबाट  जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरीको टोलीले करिब नौ जना बिचौलियालाई पक्राउ गरेको हो। 

प्रहरीले सुरज आचार्य  , तुलसी खतिवडा, दिवस राई , राम प्रसाद ढकाल , गरिमा घिमिरे , सीता भेटवाल 

रमेश आचार्य , युवराज लिम्बू , टंक प्रसाद राजवंशीलाई पक्राऊ गरेको प्रहरीले जनाएको छ । उनी हरुलाई अभद्र मुद्दामा कारबाही हुने इप्रका विर्तामोड का डिएसपी प्रकाश विष्टले जानकारी दिए । पक्राऊ परेका लागि म्याद थपका लागि अदालत लागिएको प्रहरीले जनाएको  छ । 

सवारी सम्बन्धी कामका लागि यातायात कार्यालय पुग्दा सेवाग्राही हरु बिचौलियाका कारण ठगिने गरेको र केही बिचौलियाले सेवाग्राहीको लाखौं रुपैयाँ रकम लिएर फरार रहेको र सेवाग्राहीबाट रकम लिने र कार्यालयमा दाखिला नगर्ने लगायतका समस्याहरु उजागर भएपछि प्रहरीले पक्राउ गरेको हो।

  घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।