अर्जुनधारा, झापा । झापाको अर्जुनधारा नगरपालिका–७ स्थित रमाइलो बस्तीमा धारिलो हतियार प्रहारबाट एक वृद्धको हत्या भएको छ।

शनिबार साँझ करिब ७:३० बजे भएको घटनामा स्थानीय ७० वर्षीय दुर्गाबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

बस्नेतको बन्चरो प्रहारबाट हत्या भएको आशङ्का गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ। घटना स्थलमा इप्रका बिर्तामोडका डिएसपी सन्ताेष पाठककाे कमाण्डमा बाक्लाे मात्रामा सुरक्षाकर्मी परिचालन भएकाे जनाईएकाे छ ।