कन्याम । मेची पेट्रोलियम डिलर्स एसोसिएशन, बिर्तामोड झापाको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । 

 इलामको सूर्योदय नगरपालिका–कन्यामस्थित कन्याम वृक्षालयको सभाहलमा आजलआइतबार साधारणसभा सम्पन्न भएको छ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनका केन्द्रीय अध्यक्ष विश्वप्रकाश अर्यालको प्रमुख आतिथ्य तथा मेची पेट्रोलियम डिलर्स एसोसिएशनका अध्यक्ष टीकारामबहादुर पिठाकोटे मगरकोअध्यक्षतामा सम्पन्न सभामा अध्यक्ष अर्यालले पेट्रोलियम व्यवसायीले नियमित तथा सहज आपूर्ति, न्यून कमिसन, बढ्दो सञ्चालन खर्च र व्यवसाय सुरक्षालगायतका समस्या भोगिरहेको बताए।

20261004_125016

उनले व्यवसायीका समस्या सरकारले प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिए।

साथै, सबै पेट्रोल पम्प सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने र श्रमिकलाई आवश्यक सेवा–सुविधा उपलब्ध गराउनुपर्ने बताए।सभामा अध्यक्ष पिठाकोटेले प्रस्तुत गरेको १० बुँदे नीति तथा

कार्यक्रममा पेट्रोलियम व्यवसायीको हित, संस्थागत सुदृढीकरण र पेट्रोलियम पदार्थको सहज आपूर्तिलाई प्राथमिकता दिइएको छ। झापा, इलाम, पाँचथर र ताप्लेजुङका पेट्रोल पम्प व्यवसायीलाई

एउटै संस्थामा आबद्ध गर्ने, सदस्यका कर्मचारीको दुर्घटना तथा स्वास्थ्य उपचार बीमाको प्रिमियम संस्थाले व्यहोर्ने, फायर ग्यास रिफिलिङ तथा डिप रड निःशुल्क उपलब्ध गराउने, श्रम ऐनअनुसार श्रम अडिट गराउने र व्यवसायीको आय वृद्धि हुने कार्यक्रम सञ्चालन गर्ने नीति अघि सारिएको छ।

संस्थाको आर्थिक सुदृढीकरणका लागि मुद्दती खातामा थप १० लाख रुपैयाँ जम्मा गरी कुल रकम ७५ लाख रुपैयाँ पुर्‍याइएको जनाइएको छ।त्यस्तै, नेपाल आयल निगमको चारआली डिपोमा निर्माणाधीन पाइपलाइन सञ्चालनमा आएपछि इन्धन आपूर्ति

सहज हुने अपेक्षासहित आवश्यक सहजीकरण गर्ने, भारतीय भूमिमा पेट्रोलियम पदार्थ ढुवानीका क्रममा देखिने समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने तथा निगमको समानुपातिक इन्धन वितरण प्रणालीमा सबै सदस्यलाई

समान अवसर दिलाउन पहल गर्ने नीति कार्यक्रममा उल्लेख छ। कार्यक्रममा सचिव दीपक गड्तौलाले स्वागत गरेका थिए भने महासचिव विनोद चापागाईंले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष उत्तमकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

कोशी डिलर्स एसोसिएशनका अध्यक्ष सन्तोष धिताल, पूर्वअध्यक्ष प्रेम दाहाललगायतले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रममा निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य नवीन कोइराला, पूर्वअध्यक्ष मार्स प्रसाई, नेपाल आयल निगम चारआलीका पदाधिकारी, झापा उद्योग संघका अध्यक्ष शिवकुमार गुप्ता, अग्रज व्यवसायी महावीरप्रसाद अग्रवालसहित पेट्रोलियम व्यवसायीहरूको उल्लेख्य सहभागिता थियो।