बिर्तामोड। 

आगामी स्थानीय तहको निर्वाचनमा झापाको बिर्तामोड नगरपालिकाको मेयर पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र उम्मेदवार बन्ने आकांक्षीहरूको संख्या थपिंदै छन् ।

   मेयर पदका लागि १० जनाले हाल सम्म आवेदन दिइसकेका छन् भने थप दुई जना आवेदन दिने तयारीमा रहेकाे बताईएकाे छ ।  

फागुन २१ को निर्वाचनबाट देशकै पहिलो राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले आगामी स्थानीय तह निर्वाचनलाई

लक्षित गर्दै उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेसँगै झापा बिर्तामोडमा पनि आकांक्षीहरू थपिन क्रम बढ्दाे छ । 

 मेयर पदका लागि दीपक दिनेश दाहाल, सृजन अधिकारी, अर्जुन उप्रेती, राजु घिमिरे, उत्तम खनाल, प्रभास थापा मगर, बलराम कार्की, कमलमोहन उप्रेती, डिल्लीप्रसाद न्यौपाने र गोविन्दप्रसाद भट्टराईले आवेदन दिएका छन्।

 त्यस्तै टीकाराम उप्रेती र शम्भु भण्डारीले पनि आवेदन दिन सक्ने बताईएकाे छ ।  

उपमेयर पदका लागि भने कल्पना बस्नेत, अम्बिका राया र सृजना खरेल गरी तीन जनाले आवेदन दिएका छन्।

डिल्लीप्रसाद न्यौपाने बलिया दाबेदारका रूपमा चर्चामा

मेयरका लागि आवेदन दिएका आकांक्षीमध्ये डिल्लीप्रसाद न्यौपाने सम्भावित बलिया उम्मेदवारका रूपमा चर्चामा छन् । 

 लामो समयदेखि बिर्तामोडको व्यापार, व्यवसाय क्षेत्रमा सक्रिय न्यौपाने व्यावसायिक अनुभव, पार्टी संगठनमा सक्रियता र नयाँ पुस्तासँगको सम्बन्धका कारण दाबेदारका रूपमा हेरिएकाे  जानकारहरूको विश्लेषण छ।

FB_IMG_1794377030976

रास्वपाको स्थापना कालदेखि नै पार्टी गतिविधिमा सक्रिय रहँदै आएका  न्यौपानेको पार्टीका केन्द्रीय तहका विभिन्न नेताहरूसँग समेत निकट सम्बन्ध रहेको बताइन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा) को सुरुवाती चरणदेखि सक्रिय न्यौपाने हाल पार्टीका निर्वाचित जिल्ला सदस्य तथा जिल्ला र्‍यापिड एक्सन टिम ( र्‍याट) प्रमुख हुन्।

 संगठनभित्रको पहुँच, स्थानीय व्यावसायिक क्षेत्रमा बनाएको पहिचान र युवा पुस्ताको प्रतिनिधित्व गर्न सक्ने क्षमताले उनको दाबेदारीलाई थप बलियो बनाएको पार्टी निकट जानकारहरूको भनाइ छ।

विशेषगरी लामो समयदेखि बिर्तामोडमा व्यापार व्यवसाय सञ्चालन गर्दै स्थानीय आर्थिक तथा सामाजिक गतिविधिसँग जोडिनुभएका न्यौपानेलाई व्यावसायिक अनुभव र संगठनात्मक सक्रियताको संयोजन भएका उम्मेदवारका रूपमा हेरिएको छ।

स्थानीय तहको निर्वाचन आउन केही महिना बाँकी रहँदै रास्वपाभित्र देखिएको यो आकांक्षीको चहलपहलले बिर्तामोडको चुनावी राजनीतिक माहोललाई अहिलेबाटै तताउन थालेको छ। 

आकांक्षीहरूको संख्या अझै बढ्न सक्ने देखिएकाले अन्तिम उम्मेदवार छनोट र पार्टीभित्रको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ।