झापाको बिर्तामोड–३ स्थित लिंकन मन्टेश्वरी स्कुलले आज शुक्रबार शुभ दीपावलीको अवसर पारेर तिहार विशेष कार्यक्रम आयोजना गरेको छ।  विद्यालय परिसरमा शिक्षक–शिक्षिका तथा साना बालबालिकाबीच शुभकामना आदानप्रदानसँगै तिहारका मौलिक संस्कार र संस्कृति झल्कने सांस्कृति प्रस्तुती सञ्चालन गरेको हो ।  कार्यक्रममा सयपत्री फूलको माला, भाइ मसला, सेलरोटी दिएर तथा खाएर  तिहारको उत्सव मनाइएको थियो। 

WhatsApp Image 2026-11-06 at 19.33.33

बालबालिकालाई भाइटीकाको धार्मिक तथा सांस्कृतिक महत्त्व, टीका लगाउने विधि र परम्परागत चालचलनबारे समेत व्यवहारिक अभ्यास गराइएको थियो। 

बिर्तामोड २ को वडा सचिव हिमा पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो ।  तिहारकै अवसरमा  बालबालिकालाई देउसी–भैलो खेलाइएको थियो। विद्यालयका प्रिन्सिपल सरोज पौडेलले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, परम्परा र संस्कारबारे सानै उमेरदेखि जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । 

संस्कृति सिक्ने, बुझ्ने र त्यसलाई व्यवहारमा उतार्ने अभ्यास स्वरुप कार्यक्रम आयोजना गरिएको उनको भनाई छ । बालमैत्री वातावरणमा विद्यार्थी अध्यापन गराउंदै आएको स्कुलले पढाईको अलवा अतिरिक्त क्रियाकलापमा जोड दिंदै समेत आएको छ ।