बिर्तामोड : बटुवा र यात्रुलाई  लक्षित गर्दै बिर्तामोड मुक्ति चोक स्थित दुर्गा मन्दिरमा  निशुल्क सर्वत पानी बितरण सुरु गरिएको छ ।  बिर्तामोड १ स्थित भगवान चोकमा रहेको पाँचतारे होटल द किङ्स वेरी र सेभेन हर्स क्यासीनोले शनिबारदेखि  निशुल्क चिसो सर्वत पानी तथा खाजा बितरण थालेको हो । 

हरेक प्राणीका लागि पानी अत्यावश्यक भए पनि बजार क्षेत्रमा  बटुवाले सहज रुपमा पानी पीउन नपाउने भएकाले निःशुल्क चिसो सर्वत पानी तथा खाजा वितरणको अभियान थालिएको पाँचतारे होटल द किङ्स वेरीका सञ्चालक प्रकाश गौतमले जानकारी दिए ।  

झापामा गर्मी बढेका कारण गाउँ घरवाट आउने सर्वसाधारण र यात्रुको सुविधालाई मध्यनजर गर्दै मानवीय नाताले पानी वितरण गरिएको पनि उनले बताए । 

अत्याधिक गर्मी बढेपछि पानीको प्यास लागेका सबैलाई निशुल्क रुपमा फलफूलको जुस, बरफ र शुद्ध जारको पानीसहित सर्वत बनाएर बितरण थालिएको होटलका अप्रेशन मेनेजर विश्वदेव ढुङ्गेलले बताए ।

  निःशुल्क पानी वितरणको काम सोमबार सम्म चल्ने पनि उनले जानकारी दिए । यस अघि पनि अक्षय तृतियाको दिन बटुवालाई होटलले पानी वितरण गरेको थियो । 

पहिलो दिन झन्डै १ हजार  ५ सय बढीलाई सर्वत खुवाइएको थियो ।   होटलले राम्रो कामको सुरुवात गरेको भन्दै बटुवा तथा व्यवसायीले प्रसंशा गरेका छन् ।