भद्रपुर । प्रादेशिक अस्पताल भद्रपुरले विशेषज्ञ स्वास्थ्य सेवालाई थप विस्तार गर्ने क्रममा तीन जना डीएम  विशेषज्ञ चिकित्सकलाई स्वागत गरेको छ ।

थप विशेषज्ञता हासिल गरेका डा. अञ्जल विष्ट (इन्डोक्राइनोलोजी) , डा .मनोज अर्याल (नेफ्रोलोजी) र डा . जयराम लामिछाने ( न्युरोलोजी)  लाई अस्पतालमा आयोजित एक कार्यक्रमबीच स्वागत गरिएको हो ।

तीनै जना चिकित्सकको आगमनसँगै अस्पतालको विशेषज्ञ स्वास्थ्य सेवा थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

नवआगन्तुक चिकित्सकहरूलाई अस्पतालका अध्यक्ष विश्वनाथ बराल, निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार गुप्ता, सञ्चालक समिति सदस्य शिवराज भण्डारी तथा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, रेडक्रस सभापति लाेकराज ढकाल लगायतले स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

Screenshot_20261126_194808_Facebook

इन्डोक्राइनोलोजी, नेफ्रोलोजी र न्युरोलोजी चिकित्सा विज्ञानका विशिष्ट विधा हुन् । यी विशेषज्ञ चिकित्सकहरूको उपलब्धताले हर्मोन तथा मधुमेहसम्बन्धी समस्या, मिर्गौलासम्बन्धी रोग र स्नायु प्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्याको उपचारमा अस्पतालको क्षमता विस्तार हुने अपेक्षा गरिएको छ ।

विशेषज्ञ चिकित्सक थपिएसँगै अब यस्ता जटिल प्रकृतिका स्वास्थ्य समस्याको परीक्षण, निदान तथा उपचारका लागि बिरामीलाई अन्य ठूला अस्पताल धाउनुपर्ने बाध्यता कम हुने विश्वास अस्पतालले लिएको छ ।