भन्सार छलेर बिक्रीका लागि भारतबाट नेपाल ल्याइएका १७ लाख बढीको  मोबाइल कांकरभिट्टाबाट बरामद गरिएको  छ । 

भन्सार छलेर ल्याइएका  ३३ थान आईफोन ब्राण्ड सहित विभिन्न कम्पनीका एन्ड्रोइड मोवाइल फोन करीब  १७ लाख २५ हजार मुल्य बराबरको बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देवराज अर्यालले जानकारी दिए । 

उनका अनुसार बिशेष सुचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म काँकडभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोली मेचीनगर नगरपालिका–६ स्थित भन्सार कार्यालयको यात्रु शाखाको उत्तर गेटमा कारभित्र लुकाइछिपाई नेपाल भित्राउन खोजिएको ३३ वटा आइफोन ब्रान्डका मोबाइल बरामद गरेको हो ।

भारतबाट नेपाल आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च ९०३३ नम्बरको कारलाई विशेष सूचनाको आधारमा भन्सार अगाडि रोकी सशस्त्र प्रहरी र भन्सार कर्मचारीले चेकजाँच गरेका थिए । चेकजाँच गर्दा मोबाइल बरामद भएको हो । दमकमा मोवाइल पसल सञ्चालन गर्ने केशव श्रेष्ठले उक्त मोवाइल ल्याएका हुन् । प्रहरीले शुक्रबार बरामद गरेको मोवाइल र गाडी आज मेची भन्सार बुझाएको छ ।   शसस्त्रले अहिले सीमा क्षेत्रमा कडाइ  गर्दै आएको छ । 


सप्रबल नेपाल प्रसीसु गुल्म काँकरभिट्टा झापाबाट आईडी नं ७७८४ का सप्रसनि विनोद प्रसाद निरौलाको कमाण्डमा खटिएको ५ जनाको संयुक्त टोलीले विशेष सुराकीको आधारमा उक्त मोवाइल फोन बरामद गरिएको जनाइएको छ ।