झापाको बिर्तामोड २ स्थित चारपाने चोकमा अहिले भर्खरै  भयानक सवारी दुर्घटना भएको छ । अहिले सांझ ६.३० मा मोटरसाइकल र बस एक आपसमा जुधेको जनाइएको छ ।

दुर्घटनामा परी झापा कन्काई ८ का बर्ष ४४ का तोयनाथ उप्रेतीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उप्रेतीको उपचारकालागि बिर्तासिटी अस्पताल लगिएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेका छन् । 

उप्रेतीले चलाएको मे १ प ७२४८ नम्बरको मोटरसाइकलले बसलाई ओभर टेक गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ । मोटरसाइकलमा ३ जना सवार रहेका थिए । मोटरसाइकलमा सवार अन्य २ जना गम्भीर घाइते भएको जनाइएको छ । उनीहरुको उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नबराज न्यौपानेले जानकारी दिए । दुर्घटनामा परी कन्काई ५ का बर्ष ५९ का रबिरत्न सिटौला र बाह्रदशी ७ का सागर माझी घाइते भएका हुन् । 

उनीहरु मोटरसाइकलमा पूर्वबाट पश्चिमतिर जांदै थिए । दुर्घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।