श्री छठ महिला मञ्च बिर्तामोडको अध्यक्षमा निशा गुप्ता चयन भएकी छन् । बिर्तामोडमा सोमबार भएको मञ्चको चौंथो साधारणसभा तथा दोस्रो अबिधेशनबाट गुप्ता २ बर्षे कार्यकालकालागि अध्यक्षमा सर्वसम्मत भएकी हुन् । उनी यस अघि मञ्चको बरिष्ठ उपाध्यक्ष थिइन् । 

त्यस्तै मञ्चको महासचिवमा रेनुका महतो, बरिष्ठ उपाध्यक्षमा संगिता शाह, उपाध्यक्षहरुमा निशा कर्ण, अनिता गुप्ता, प्रमिला शाह, सचिवमा पुनम चौधरी, सह–सचिव उमा शाह, कोषाध्यक्ष शिशम शाह, सहकोषाध्यक्ष पुनम शाह चयन भएका हुन् । 

त्यस्तैगरी सदस्यहरुमा पुजा रौनियार, अंजली शाह,  पिंकी रौनीयार, प्रियंका चौधरी, प्रतिमा तिवारी, राधा सराफ , संगिता प्रधान, राजनी चौधरी, पिंकी चौधरी, पिंकी शर्मा चयन भएका छन् । 

त्यस्तै मञ्चको जनसम्पर्क अधिकारीमा मेनुका शाह, शाखा सम्पादक संयोजकमा कंञ्चन शाह, अर्थ संयोजकमा रेखा शाह र स्वास्थ्य संयोजकमा शविता शाह चयन भएका छन् ।

छठ समाज सेवा समिति बिर्तामोडको पूर्व अध्यक्ष प्रेमचन्द्र चौधरीको प्रमुख आतिथ्यता तथा मञ्चको अध्यक्ष हेमलत्ता चौधरीको अध्यक्षतामा उद्धघाटन समारोह समपन्न भएको थियो । 

कार्यक्रममा   छठ समाज सेवा समिति बिर्तामोडको  अध्यक्ष रामेश्वर दुवेदी,पूर्व अध्यक्षहरु शत्रुघन चौधरी, घनश्याम चौधरी, राजकुमार गुप्ता, बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना मनतब्य राखेको कार्यक्रमको सञ्चालन मञ्चको महासचिव निशा कर्णले गरेकी थिइन् ।