झापाको बिर्तामोडमा रहेको होटल द किङ्स वेरीका सञ्चालक प्रकाश गौतमलाई सम्मान गरिएको छ ।  झापाको बिर्तामोड स्थित  ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव’  समापनको अवसरमा आज बिहिबार पाँचतारे होटलका सञ्चालक गौतमलाई सम्मान गरिएको हो । 

गत फागुन ५ गतेखि बिर्तामोड उद्योग वाणिज्य संघले सञ्चालन गरेको महोत्सवको समापन सत्रमा गौतमले बिर्तामोडमा पनि आफ्नो व्यापार व्यवसाय प्रबद्धन गर्दै सुरु गरेको व्यवसायले बिर्तामोडको गौरव र नामलाई देश बिदेशमा चिनाएको भन्दै सम्मान गरिएको हो । 

उनलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्ब अध्यक्ष चण्डिराज ढकाल, संघका अध्यक्ष प्रकाश शिवाकोटी, संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, महासचिव अर्जुन मैनाली लगायतले दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरेका थिए । सन् १९६७ मा काठमाण्डौंको समाखुशी २४ मा जन्मिएका गौतमले सन् १९९८ देखि व्यापार सुरु गरेका हुन् । 

सम्मानित गौतमको  परिचय र सम्मान पत्र वाचन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए । साथै महोत्सव समापनको अवसरमा  

लब्धप्रतिष्ठित सामाजिक व्यक्तित्व र अग्रज व्यवसायीलाई सम्मान गरिएको थियो । 

महोत्सवको समापन सत्रमा राजनीतिक व्यक्तित्वहरु डिल्लीप्रसाद सिटौला र मनकुमार गौतम, रेडक्रसकर्मी लोकराज ढकाल, महिला उद्यमी भीमा शिवाकोटी, संघका पूर्व अध्यक्ष बेदुप्रसाद अग्रवाल,व्यवसायीहरु भगवानदास सिंगल, हनुमान मित्तल, देवेन्द्र कुमार सिंह,  बीरवहादुर धमलालाई पनि सम्मान गरिएको थियो ।