भर्खरै बिर्तामोड ३ स्थित बिर्ताबजारमा तीन प्राङ्ग्रे अट्टो दुर्घटना हुंदा एक  जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ताप्लेजुङ स्थित याङबरक गाउंपालिका २ मा बस्ने बर्ष ३६ को भिमबहादुर तामाङको मृत्यु भएको हो । अर्का एक जना गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिर्तामोड नगरपालिका अगाडि अट्टो अन्यन्त्रीत भइ सडकको डिभाइडरमा ठाकिएको हो । दुर्घटनामा सोहि ठाउंकी बर्ष ३१ कि सामना लिम्बु घाइते भएको प्रहरीले जनाएको छ ।

उनको बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचार हुंदैछ । उनको अवस्था गम्भीर छ । लिम्बुको टाउको, अनुहार, चिउंडोमा चोट रहेको प्रहरीले जनाएको छ । दुर्घटना परेको प्रदेश १ –०१ ००२ ख ६२१ नम्बरको अट्टो चालक भने फरार रहेको प्रहरीले जनाएको छ । अट्टो बिर्तामोडबाट गरामनीतिर जाँदै गरेको जनाइएको छ । अट्टोमा अर्का एक जना पनि सवार रहेको र उनको भने अवस्था सामान्य रहेको जनाइएको छ ।