नेपाल कोइला ब्यवसायी संघ गठन गरिएको छ । पहिलो पटक देशभरका कोइला ब्यवसायीलाई एकिकृत गर्दै संघको गठन प्रक्रिया शुरु गरिएको हो । 

झापाको बिर्तामोडमा विराटनगर, इटहरी तथा बिर्ताामोडका ब्यवसायीहरुको संयुक्त भेलाले बिर्तामोडका युवा ब्यवसायी अर्जुनकुमार चुंडालको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो । चुडाल कोइलासंगै घरजग्गा ब्यवसाय तथा अन्य बिभिन्न संघ संस्थामा आवद्ध छन् । 

सामाजिक  क्षेत्रमा समेत क्रियाशिल चुडालले देशभरका कोइला ब्यवसायीहरुको समस्या र पीर मर्कालाई बुलन्द बनाउन एकताबद्ध हुंदै अघि बढ्ने उद्धेश्यका साथ नेपाल कोइला ब्यवसायी संघ तदर्थ गठन गरिएको जानकारी दिए ।

पछिल्लो समय देखिएको आर्थिक मन्दिको असर कोइला ब्यवसायमा समेत देखिएको छ । व्यवसाय तथा त्यस सम्बद्ध व्यवसायीहरु प्रभावित भइरहेका बेला प्रवर्धन गर्दै समस्या समाधान गर्ने उदेश्यका साथ व्यवसायीहरु संगठीत हुन आवश्यक ठानेर संघ गठन गरिएको जनाइएको छ । 

उनले अब चांडै नै झापा, मोरङ, सुनसरी, जनकपुर, पर्सा, भैरहवा, नेपालगंज र काठमाण्डौंमा जिल्ला समिति गठन गरिने र महासंघ गठन गरिने जानकारी दिए । केहि समयमा नै तदर्थ समितिलाई पुर्णता दिइने जानकारी दिए । पछिल्लो समय कोइला व्यवसायीको ठुलो रकम सरकारी कारखाना सहित अन्य क्षेत्रमा बक्यौता रहेको जनाइएको छ । 

तदर्थ समितिमा रजनीश करनानीलाई कोषध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ । उनी पनि लामो समयदेखि कोइलाको व्यवसाय गर्दै त्यस्तै खगेन्द्र श्रेष्ठ, मनोहरप्रसाद अग्रवाल र ज्ञानेन्द्र पौडेल सदस्य रहेको पाँच सदस्य तर्दथ समिति गठन गरिएको बताइएको छ ।

तर्दथ समितिलाई बलियो बनाउदैं अघि बढ्नका लागि प्रति ब्यवसायी ११ हजार रुपैंया शुल्क लिएर संगठित गर्ने बताइएको छ । संयोजक र कोषध्यक्षको संयुक्त खाता खोलेर जम्मा गर्दै संघलाई चलायमान बनाउन उक्त रकम खर्च गरिने बताइएको छ ।

भारत लगायत तेस्रो मुलुकबाट आउने कोइलालाई एक रुपता दिने उद्धेश्यले व्यवसायी संगठित गरिएको संयोजक चुडालको भनाई छ ।  

झापा सहित देशैभर इटाभट्टा तथा सिमेन्ट कारखाना लगायतका विभिन्न कारखानाहरुले कोइलाको प्रयोग गर्ने गरेका छन् । 

कोइलाले देशको आर्थिक क्षेत्रमा ठुलो टेवा पु¥याउंदै आएको छ । 

नेपालमा बार्षिक २० लाख टन माथि कोइला आयात हुंदै आएको बताइएको छ । बार्षीक ५० अर्ब हाराहारीमा कोइलाको कारोबार हुने बताइएको छ ।