बिर्तामोड । शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुनुहुँदैन, बालबालिकालाई आफ्नो मौलिक संस्कार, संस्कृति र परम्परासँग परिचित गराउँदै व्यवहारिक ज्ञानसमेत प्रदान गर्नुपर्छ भन्ने मान्यताका साथ झापा बिर्तामाेड १ मा रहेकाे शिक्षा शिकाेप निकेतनले विद्यार्थीहरूलाई संस्कार र संस्कृतिसम्बन्धी शिक्षा प्रदान गर्दै आएको छ।

पाठ्यपुस्तकको ज्ञानसँगै व्यवहारिक शिक्षा पनि उत्तिकै महत्त्वपूर्ण हुने भएकाले बालबालिकालाई सानै उमेरदेखि संस्कार, संस्कृति र परम्परासँग जोड्न विद्यालयले आज बिहिबार तिहारकाे देउसी भैलाेकाे महत्व बुझाउँदै सँक्षिप्त कार्यक्रम आयाेजना गरेकाे छ ।
विद्यालयले नानीबाबुहरूलाई देउसी –भैलो, भाइटीका तथा तिहारका विभिन्न सांस्कृतिक परम्पराको महत्त्व बुझाउँदै प्रत्यक्ष अभ्यास गराउँदै आएको छ।
उनीहरूकाे सहभागितामा आज स्कुल परिसरमा प्रत्यक्ष देउसी भैलाे र तिहारकाे महत्व दर्शाएकाे हाे ।
यस्ता गतिविधिले बालबालिकामा आफ्नो मौलिक संस्कार र संस्कृतिप्रति सम्मान, अपनत्व र रुचि बढाउने विद्यालयकाे प्रिन्सिपल सुरक्षा श्रेष्ठले जानकारी दिईन ।
विद्यालयले तिहारमा मात्र नभई विभिन्न चाडपर्व तथा विशेष अवसरमा पनि तिनको सामाजिक, सांस्कृतिक तथा धार्मिक महत्त्वबारे नियमित रूपमा सिकाउँदै आएको उनले बताईन ।
बालबालिकालाई आफ्नो मौलिक पहिचानसँग जोड्दै संस्कार र संस्कृतिसहितको शिक्षा प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिँदै आएको विद्यालयले जनाएकाे छ ।
नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग परिचित गराउन यस्ता अभ्यासले महत्त्वपूर्ण भूमिका खेल्ने विद्यालयको विश्वास छ।







































