झापा । कौशल्या भण्डारी समाजको प्रथम साधारणसभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ।
आज शनिबार झापाको अर्जुनधारा नगरपालिका–५ स्थित श्री शोभा भगवती नवदुर्गा पञ्चायन धाम, लक्ष्मीपुरमा सम्पन्न अधिवेशनले गोपाल भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा भुपाल भण्डारी, उपाध्यक्षमा कुमारी भण्डारी, सचिवमा गौरी प्रसाद भण्डारी, सहसचिवमा तेज बहादुर भण्डारी र कोषाध्यक्षमा कला भण्डारी चयन भएका छन्।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा सुनिता भण्डारी, छत्रबहादुर भण्डारी, ज्ञानप्रसाद भण्डारी, सीता भण्डारी, लक्ष्मी भण्डारी, देवीप्रसाद भण्डारी, कला भण्डारी, लिल बहादुर भण्डारी, किशोर भण्डारी, विजय भण्डारी, उषा भण्डारी र गणेश भण्डारी चयन भएका छन्।
पदेन सदस्यमा राजेन्द्र प्रसाद भण्डारी रहेका छन्।नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ।
अधिवेशनमा नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण गर्नुका साथै समाजको आगामी गतिविधि, संगठन विस्तार र सामाजिक एकताका विषयमा छलफल गरिएको थियो।समाजको प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संस्थागत गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।







































