बिर्तामोड ।
झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभाअन्तर्गत आज राजगढ र फिदिममा इकाइगत साधारणसभा सम्पन्न भएको छ।

साधारणसभाका क्रममा राजगढ, गोलधाप र फिदिम सेवाकेन्द्रबाट उत्कृष्ट बचतकर्ता र ऋणीमध्ये एक–एक जना गरी ६ जना सदस्यलाई मायाको चिनो तथा सम्मान–पत्र प्रदान गरी सम्मान गरिएको संस्थाले जनाएको छ।
कार्यक्रमकै अवसरमा राहतकोषमा आबद्ध शेयर सदस्यहरूलाई संस्थाको नियमानुसार राहत रकमसमेत उपलब्ध गराइएको थियो।
संस्थाले सदस्यको आर्थिक तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
यसैगरी, १६औँ वार्षिक साधारणसभाअन्तर्गत भोलि इलामको नेपालटार र मोरङको उर्लाबारीमा इकाइगत साधारणसभा आयोजना हुने संस्थाले जानकारी दिएको छ।










































