झापा । झापाको बाह्रदशी गाउँपालिकाको आगामी पाँच वर्षको विकासका लागि युवाहरूको दृष्टिकोण र रचनात्मक योजना समेट्ने उद्देश्यले बृहत् ‘विकास–विचार प्रतियोगिता’ आयोजना हुने भएको छ। नेकपा एमाले बाह्रदशी गाउँ कमिटीले पालिकाको आठौँ पूर्ण बैठकबाट पारित कार्ययोजना अनुसार यस नवप्रवर्तनात्मक कार्यक्रमको घोषणा गरेको हो।
समृद्ध बाह्रदशी निर्माणका लागि एकीकृत योजना सहितको साझा दृष्टिकोण’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको यस प्रतियोगिताको मुख्य शीर्षक ‘बाह्रदशी विकासका लागि ५ वर्षे दृष्टि’ राखिएको छ।
प्रतियोगिताको उद्देश्य र क्षेत्रहरूस्नेकपा एमाले बाह्रदशीका अध्यक्ष अनिल सापकोटाका अनुसार स्थानीयस्तरका वास्तविक समस्या पहिचान गरी त्यसको व्यावहारिक समाधान र भावी रणनीतिको खाका युवाहरूकै माध्यमबाट सङ्कलन गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो।
प्रतियोगीहरूले कृषि आधुनिकीकरण, शिक्षा तथा सीप विकास, स्वास्थ्य, रोजगारी तथा उद्यमशीलता, पूर्वाधार, पर्यटन, डिजिटल सेवा, युवा तथा खेलकुद लगायतका १२ वटा क्षेत्रहरूमध्ये कुनै एक वा सबैलाई समेटेर आफ्नो अवधारणा प्रस्तुत गर्न सक्नेछन्।सहभागिताको मापदण्ड र प्रक्रिया उमेर समूह १३ देखि ४० वर्ष उमेर समूहका युवा तथा विद्यार्थीहरू , सरकारी वा शिक्षण पेसामा आबद्ध बाहेक , बाह्रदशी गाउँपालिका स्थायी ठेगाना भएका वा सो भूगोलमा अध्ययन, पेसा तथा व्यवसाय गर्नेहरू सहभागि हुन पाउने सापकोटाले जानकारी दिए ।
आवेदन प्रक्रिया इच्छुक प्रतियोगीले बढीमा ५ मिनेटको आफ्नो प्रस्तुतिको भिडियो तयार गरी २०८३ साल असोज २३ गते दिउँसो ४ बजेभित्र आधिकारिक ह्वाट्सएप नम्बर ९८०१४४४७०१ मा पठाइसक्नु पर्नेछ।
छनोट प्रक्रिया र फाइनल, प्राप्त भिडियोहरू मध्येबाट आन्तरिक मूल्याङ्कनका आधारमा छानिएका उत्कृष्ट ४० वटा भिडियोहरू असोज २५ गते घटस्थापना देखि ‘नेकपा एमाले बाह्रदशी’ को आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिनेछ।
सामाजिक सञ्जालमा प्राप्त हुने इन्गेजमेन्ट ,लाइक, कमेन्ट, सेयर र विज्ञहरूको मूल्याङ्कनका आधारमा प्रतियोगीहरूलाई विशेष ‘ओरिएन्टेशन क्याम्प’ र कार्यशाला तालिम प्रदान गरिनेछ।
त्यसपश्चात्, मङ्सिरको पहिलो साता राजगढस्थित एभरेष्ट डिजिटल सिनेमा हलमा भव्य फाइनल राउन्ड सम्पन्न हुनेछ। प्रतियोगितामा प्रथम पुरस्कार २५,००० रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र द्वितीय पुरस्कार १५,००० रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र ,तृतीय पुरस्कार १०,००० रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र सान्त्वना पुरस्कार ७ जनालाई जनही ५,००० रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।










































