झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति अध्यक्षमा छविलाल खतिवडा निर्वाचित भएका छन् । शनिबार भएको मतदानको मत परिणाम आइतबार सार्वजनिक भएको हो ।

मत परिणाम अनुसार २१९८४ मत प्राप्त गर्दै खतिवडा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि उपेन्द्रप्रसाद ओलीले ७३९७ मत प्राप्त गरे भने अर्का अध्यक्षका प्रत्यासि भरतकुमार गिरी ४२६३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा १८९३९ मत प्राप्त गर्दै नेत्रबहादुर नेपाल विजयी भएका छन् । उनका प्रत्यासिहरु टेकनाथ खनाल (टंक) ले ४७९९, हेमराज गिरीले ४०९५ र ज्ञानुनाथ मैनालीले ५६२७ मत प्राप्त गरे ।

महिला उपाध्यक्षमा पार्वता भारती गिरीले २००८१ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् भने उनका प्रत्यासि खीनमाया बस्नेतले ५५१०, गुहेश्वरी बुढाथोकीले ३५८६ र सुश्री हरिमाया सिग्देलले ३८७१ मत प्राप्त गरेका छन् ।
त्यस्तै कोषध्यक्षामा १९५६३ मत प्राप्त गर्दै लक्ष्मीप्रसाद आचार्य निर्वाचित भएका छनु भने उनको प्रत्यासि भीमबहादुर गिरी ७०४३ मत र भोला धितालले ६२४२ मत प्राप्त गरे ।
समितिको खुल्ला सदस्यमा १६ जनाको उम्मेद्वारी रहेकोमा नारायणप्रसाद गिरीले ११८१६, मदनराज कटुवालले १२८२७ र
रमेश सेडाईले ९४२५ मत प्राप्त गर्दै निर्वाचित भएको निर्वाचन समितिका सदस्य सचिव दिनेशबहादुर निरौलाले जानकारी दिए ।
त्यसैगरी महिला सदस्यमा राधिका चुडाल (हुमागाई) १२०४२ मत र शिखा खड्का १३०४५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
महिला सदस्यका लागि सात जना चुनावी मैदानमा उत्रिएका थिए । यस्तै, लेखा सुरपरिवेक्षण समिति संयोजकमा डम्बर देउजा निर्वाचित भएका छन् ।
उनले १९५७० मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार शंकर सुवेदीले ११६५९ मत प्राप्त गरेका हुन् ।
त्यसैगरी लेखा सुरपरिवेक्षण समितिको सदस्यमा बबिता घिमिरे १७२२७ मत र सुनिल कार्की १५४८८ मत प्राप्त गर्दै निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
देशकै सबैभन्दा ठूलो सहकारीको रुपमा रहेको सहारा नेपालको ६ वटा जिल्ला कार्यक्षेत्र रहेको छ भने एक लाख ९७ हजार ५५२ जना मतदाता रहेका थिए । ८० वटा केन्द्र मार्फत सेवा दिइरहेको संस्थामा १२ पदका लागि ४५ जना चुनावी मैदानमा उत्रिएका थिए ।










































