बिर्तामोड– झापाको बिर्तामोडस्थित सालडाँगी क्षेत्रमा लामो समयदेखि खुला आकाशमुनि रात बिताउँदै आएकी काइली तामाङको उद्धार गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बिर्तामोड नगर सचिव सृजन अधिकारीको नेतृत्वमा उनलाई उद्धार गरी मानव सेवा आश्रममा सुरक्षित आश्रयको व्यवस्था मिलाइएको हो ।

उद्धार अभियानमा रास्वपा झापा क्षेत्र नं। २ का उपसभापति सुनील अधिकारी, सामाजिक अभियन्ता बिक्की राजवंशी तथा बुट्टाबारी प्रहरी बिटले सहकार्य गरेका थिए ।

लामो समयदेखि असहाय अवस्थामा रहेकी तामाङलाई सुरक्षित आश्रयमा पुर्‍याउन स्थानीयवासी तथा सामाजिक अभियन्ताहरूले समेत सहयोग गरेका थिए।

उद्धारपछि रास्वपा बिर्तामोड नगर समितिले अभियानमा सहयोग गर्ने पार्टीका नेता–कार्यकर्ता, प्रहरी प्रशासन, सामाजिक अभियन्ता र स्थानीयवासीप्रति आभार व्यक्त गरेको छ।