बिर्तामोड । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले राजगढ सेवा केन्द्रका आफ्ना दिवंगत सदस्य स्व. अन्तलाल राजवंशीको नाममा रहेको रु. १ लाख ५१ हजार ४२३ ऋण मिनाहा गरेको छ।

सदस्यको निधनपछि परिवारलाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले संस्थाले उक्त ऋण मिनाहा गरेको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए।

संस्थाले  ऋण मिनाहाकाे  पत्र स्वर्गीय राजवंशीकी धर्मपत्नी  हेमवती राजवंशीलाई उनकै निवासमा पुगेर हस्तान्तरण गरेको हो।

 सूचना तथा प्रविधि विभाग प्रमुख यामबहादुर बिष्ट, सूचना तथा प्रविधि विभाग अधिकृत विजय पाण्डे , सेवा केन्द्र राजगढका प्रमुख गोपाल बिष्ट, लघुवित्त प्रमुख धर्मेन्द्र राजबंशी सहितले सदस्य राजवंशीकाे घरमै पुगेर समवेदना प्रकट गर्दै कर्जा मिनाहाकाे पत्र दिएका थिए । 

 सदस्यसँगको सम्बन्ध आर्थिक कारोबारमा मात्र सीमित नराखी विश्वास, आत्मीयता र सुखदुःखमा साथ दिने प्रतिबद्धताअनुरूप संस्थाले ऋण मिनाहाको निर्णय गरेको उनले बताए।

स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वका क्षेत्रमा विभिन्न सहयोगात्मक गतिविधि सञ्चालन गर्दै आएको सिम्रिकले बचत तथा ऋणको कारोबारमा मात्र आफूलाई सीमित राखेको छैन। 

सदस्यहरूलाई उद्यमशील बनाउँदै आत्मनिर्भरतातर्फ अग्रसर गराउने उद्देश्यले समेत संस्थाले काम गरिरहेको कार्यकारी प्रमुख बस्नेतले बताए।