बिर्तामोड । व्यवसाय, सामाजिक क्षेत्र र राजनीतिमा सक्रिय युवा व्यवसायी डिल्लीराम न्यौपाने आगामी स्थानीय तह निर्वाचनमा झापाको बिर्तामोड नगरपालिकाको मेयरका सम्भावित आकांक्षीका रूपमा चर्चामा आएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा) को सुरुवाती चरणदेखि सक्रिय न्यौपाने हाल पार्टीका निर्वाचित जिल्ला सदस्य तथा जिल्ला र्‍यापिड एक्सन टिम ( र्‍याट) प्रमुख हुन्।

IMG-20261027-WA0003

करिब दुई दशकदेखि बिर्तामोडमा व्यवसाय गर्दै आएका न्यौपाने कपडाको थोक तथा खुद्रा व्यापारमा संलग्न छन्। व्यावसायिक यात्राका क्रममा उनले स्थानीय बजार, उपभोक्ताको आवश्यकता र व्यवसायीका समस्यालाई नजिकबाट बुझ्ने अवसर पाएका छन्।

व्यवसायसँगै सामाजिक गतिविधि र पार्टी संगठनमा सक्रिय रहँदै आएका न्यौपानेको मेयर बन्ने आकांक्षाले बिर्तामोडको स्थानीय राजनीतिमा चासो बढाएको छ। पार्टीको जिल्ला तहमा रहेको जिम्मेवारी र लामो व्यावसायिक अनुभवलाई उनको राजनीतिक आकांक्षासँग जोडेर हेरिएको छ।

IMG-20261027-WA0008

तीव्र सहरीकरणसँगै बिर्तामोडमा सडक तथा पार्किङ व्यवस्थापन, फोहोरमैला नियन्त्रण, रोजगारी सिर्जना र सुशासन प्रमुख चुनौतीका रूपमा रहेका छन्। मेयरको आकांक्षीका रूपमा अघि बढ्दा न्यौपानेले यी विषयमा कस्तो विकास योजना अघि सार्छन् भन्ने चासोको विषय बनेको छ।

आगामी स्थानीय तह  निर्वाचनमा रास्वपाले कसलाई उम्मेदवार बनाउँछ भन्ने विषयले अहिले काैतुहलता बढाएकाे छ ।