झापा । मेचीनगर नगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले जुवातास तथा लङ्गुरबुर्जा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार असोज १८ गते मेचीनगर–१० धुलाबारीस्थित सेकुवा कर्नरको पछाडिपट्टि रहेको टिनको छानो भएको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट ८ बुक तास र नेपाली नगद रु. १ लाख ८ हजार ५ सय २० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

FB_IMG_1791260035254

पक्राउ पर्नेमा मेचीनगर–१० का किरण लम्साल, मेचीनगर–५ का विशाल लावती, मेचीनगर–१० का हर्कराज राई, मेचीनगर–७ का प्रकाश लावती, मेचीनगर–३ का समर बस्नेत, मेचीनगर–१० का मेदनी बराल र मेचीनगर–५ का शेखनाथ भण्डारी रहेका छन्।

त्यस्तै, असोज १९ गते मेचीनगर–६ इटाभट्टा चोकबाट लङ्गुरबुर्जा खेलिरहेको अवस्थामा थप ४ जनालाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट नगद रु. ९८ हजार ५० रुपैयाँ, भारतीय रुपैयाँ २०० र लङ्गुरबुर्जा खेल्ने डाइस बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा मेचीनगर–६ का चेतबहादुर लिम्बू, मेचीनगर–५ का दिपक चौधरी, मेचीनगर–५ का समय तामाङ र मेचीनगर–७ का गोपाल भुजेल रहेका छन्।

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।