झापाको बिर्तामोड–४ स्थित कञ्चनजङ्घा अंग्रेजी उच्च माध्यमिक विद्यालयले प्रथम कन्चनजंघा नृत्य तथा गायन प्रतियोगिता २०८३ आयोजना गरेको छ । आज एक समारोहकाबिच विद्यालय परिसरमा प्रतियोगिताको फाइनल सम्पन्न भएको हो । गायनतर्फको प्रथम उपाधि बिदिश सिग्देलले जितेका छन्। उनले नगद ५ हजार मेडल र ट्रफी हात पारेका छन् । त्यस्तै प्रतियोगितामा श्रव्य खरेल दोस्रो र रोहन पाठक तेस्रो भएका छन्। दोस्रो भएका श्रव्यले ३ हजार रुपैयाँ र तेस्रो भएका रोहनले २ हजार रुपैयाँसहित मेडल र ट्रफी हात पारे।
यसैगरी, जुनियर डान्सतर्फ कक्षा १ देखि ५ सम्मका विद्यार्थीबीच भएको प्रतिस्पर्धामा स्नेहा तामाङ प्रथम भएकी छन्। उनले नगद ५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरिन्। निम्सु तामाङ दोस्रो हुँदै ३ हजार रुपैयाँ र श्रीका घतानी तेस्रो हुँदै २ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्न सफल भइन ।
त्यस्तै, सिनियर डान्सतर्फ कक्षा ६ देखि १० सम्मका विद्यार्थीबीच भएको प्रतिस्पर्धामा रूब्लीका रसाइली प्रथम भएकी छन्। उनले नगद ५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरिन्। सरगम उप्रेती दोस्रो हुँदै ३ हजार रुपैयाँ र सज्जा बुढाथोकी तेस्रो हुँदै २ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्न सफल भए।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिल्लीकुमारी न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिका–४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि शर्मा सहित बिर्तामोड नगरपालिकाको शिक्षा शाखाका अधिकृत लासाङ तामाङलगायतले मन्तव्य राखेका थिए।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयका संस्थापक प्राचार्य डाक्टर केशवराज न्यौपानेले विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने र उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।
उनले पढाइसँगै अतिरिक्त क्रियाकलापले पनि विद्यार्थीको प्रतिभा विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
प्रतियोगितामा नृत्यतर्फ सुनिल थापा, आशीष सुब्बा र क्षितिज राई निर्णायकका रूपमा रहेका थिए भने गायनतर्फ ज्योति लामिछानेले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्।
विद्यालयका भाइस प्रिन्सिपल अनन्तकुमार राजवंशीले स्वागत गरेको कार्यक्रमको सन्चालन विद्यालयका कोअर्डिनेटर दीपक सिटौलाले गरेका थिए।










































