चन्द्रगढी ।
मेची पेट्रोलियम ढुवानी सेवाको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज शनिबार झापाको चन्द्रगढीस्थित एयरपोर्ट होटलमा वार्षिक साधारणसभा सम्पन्न भएकाे हाे ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मनोजकुमार दासको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष टिकारामबहादुर पिठाकोटे मगरको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।

संस्थाका सदस्य गौरीप्रसाद भण्डारीले स्वागत गरेकाे कार्यक्रमकाे सन्चालन सचिव ताेकप्रसाद दुलालले गरेका थिए ।सभामा अध्यक्ष पिठाकोटेले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष विनोद चापागाईंले आर्थिक प्रतिवेदन तथा सचिव दुलालले प्रशासनिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा संस्थाका सल्लाहकार प्रेमप्रसाद दाहाल र लयप्रसाद भण्डारी, पुर्वान्चल पेट्राेलियम ढुवानी सेवाकाे अध्यक्ष शत्रुधन प्रसाद यादबले शुभकामना मन्तव्य राखेका थिए।
मेची पेट्रोलियम ढुवानी सेवाले भारतको सिलिगुडीबाट झापा, इलाम, पाँचथर र ताप्लेजुङसम्म ५३ वटा ट्यांकरमार्फत पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएको जनाएको छ।
पूर्वी पहाडी तथा तराईका विभिन्न जिल्लामा पेट्रोलियम पदार्थको नियमित आपूर्ति सुनिश्चित गर्न ढुवानी सेवाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको संस्थाले जनाएको छ।
साधारणसभामा संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था, पेट्रोलियम पदार्थको ढुवानी व्यवस्थापन, व्यवसायीका समस्या तथा आगामी कार्ययोजनालगायत विषयमा छलफल गरिएको थियो।










































