बिर्तामोड । जीएण्डडी कञ्चनजंघा डेन्टल केयरले स्थापनाको दुई वर्ष पूरा गर्दै दन्त उपचारका आधुनिक सेवा विस्तार गरेको छ।
बिर्तामोडस्थित बीएण्डसी अस्पतालअगाडि सञ्चालित डेन्टल केयरको विस्तारित सेवाको उद्घाटन सोमबार झापा क्षेत्र नं. २ की सांसद इन्दिरा राना मगरले गरेकी हुन्।
शिक्षासेवी तथा कञ्चनजंघा अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक प्राचार्य स्वर्गीय गुरुभक्त न्यौपानेको परिकल्पनामा २०८१ असोज १९ गते स्थापना भएको डेन्टल केयरले छोटो अवधिमै बिरामीको विश्वास जितेको जनाएको छ।
नामकरण स्वर्गीय न्यौपाने, उनकी धर्मपत्नी डिल्लीकुमारी न्यौपाने र कञ्चनजंघा विद्यालयको नाम जोडेर गरिएको हो।
डेन्टल केयरकी प्रबन्ध निर्देशक डा. गंगा न्यौपानेका अनुसार यहाँ सामान्य दन्त परीक्षणदेखि रुट क्यानाल, रिट्रिटमेन्ट, डेन्टल एक्स–रे, इम्प्लान्ट, क्राउन–ब्रिज, डेन्चर, ब्रेसेस तथा क्लियर एलाइनर, स्केलिङ, टिथ ह्वाइटनिङ, गम ट्रिटमेन्ट, बालबालिकाको दन्त उपचार तथा फुल माउथ रिह्याबिलिटेसनसम्मका सेवा उपलब्ध छन्।
आधुनिक प्रविधिमा आधारित थप उपचार सेवा विस्तार गरिएको उनले बताइन्।
‘मुस्कान सबैका लागि’ भन्ने नारासहित सञ्चालित डेन्टल केयरले उपचारसँगै विद्यालयस्तरीय दन्त शिविर, ओरल हाइजिन सचेतना तथा सामाजिक संस्थासँगको सहकार्यमा जनचेतनामूलक कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको जनाएको छ।
आगामी दिनमा सेवा अझ स्तरीय, सहज र सर्वसुलभ बनाउने सञ्चालकको लक्ष्य छ।










































