विराटनगर । विराटनगर महानगरपालिका–६ को वडा अधिवेशन अन्तर्गत मतदान भइरहेको समयमा दुई पक्षबीच हातहाल भएको छ । घटनामा संलग्न भएको आरोपमा एक जनालाई प्रहरीले केहीबेर नियन्त्रणमा लियो ।

पक्राउ पर्नेमा मुस्लिम कोटाका क्षेत्रिय प्रतिनिधिका उम्मेदवार विराटनगर– ६ का इरसाद अहमद रहेका छन् । भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला क्रममा विवाद भएको थियो । विवादका क्रममा हात हालाहाल भएपछि केही समय रोकिएको मतदान प्रक्रिया पुनस् सुचारु भएको छ ।

वडा अधिवेशनमा सहमति नभएपछि मतदान भएको हो । वडाको नेतृत्वका लागि राम ढकाल र प्रकाश मण्डल भोला प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।

यसैबीच नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशन अन्तर्गत कोशी प्रदेशका तराई जिल्लाका अधिकांश पालिका अधिवेशन सकिएको छ ।