झापा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नं. २ बाट ३५ वर्षमुनिको युवा खुला कोटातर्फ योगेन्द्र गोदार थापाले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।

थापाले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै अग्रजहरूको आशीर्वाद र युवा साथीहरूको साथ तथा विश्वाससहित पार्टी र समाजको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

युवा पुस्ताको सहभागिता र नेतृत्वमा अर्थपूर्ण भूमिका स्थापित गर्ने उद्देश्यसहित आफूले उम्मेदवारी अघि बढाएको थापाको भनाइ छ।

उनले पार्टीका प्रतिनिधि तथा शुभेच्छुकहरूसमक्ष अमूल्य मत र मायाको अपेक्षासहित आफ्नो उम्मेदवारी प्रस्तुत गरेको बताएका छन्।