बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–५, धर्मकाँटा रोडमा नेपाल डेन्टल एण्ड मल्टिस्पेसियलिटी केयर सेन्टर सञ्चालनमा आएको छ।
एक करोड रुपैयाँभन्दा बढीको लगानीमा स्थापना गरिएको सेन्टरको शुक्रबार बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईले उद्घाटन गरेका हुन्।

सेन्टर सञ्चालनमा आएको अवसरमा सेवाग्राहीका लागि विशेष छुटको व्यवस्था गरिएको सञ्चालक कमल कोइरालाले जानकारी दिए। उनका अनुसार मंसिर महिनाभर ओपीडी सेवा निःशुल्क उपलब्ध गराइनेछ भने अन्य उपचार सेवामा १५ प्रतिशत छुट दिइनेछ।
त्यसैगरी गरिब तथा विपन्न, ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्त व्यक्तिलाई सम्बन्धित वडाको सिफारिसमा निःशुल्क उपचार सेवा प्रदान गरिने सञ्चालक हिरा कोइरालाले बताए।
सेन्टरबाट दाँत निकाल्ने, सफा गर्ने, जरैदेखि उपचार गर्ने, दाँत टल्काउने, कृत्रिम दाँत राख्ने, दाँत प्रत्यारोपण गर्ने, नमिलेका दाँत मिलाउनेलगायत दाँत तथा मुखसम्बन्धी सम्पूर्ण उपचार सेवा उपलब्ध हुने सञ्चालक अनिता बजगाईंले जानकारी दिइन्।










































