झापाको अर्जुनधारा नगरपालिकामा खोलाको ठेक्का नलाग्दा नदीजन्य पदार्थको तस्करी बढेको छ । अर्जुनधारा पालिकामा पर्ने बिरिङ तथा टाङटिङ खोलाबाट अवैधरुपमा नदीजन्य वस्तु ढुंगा, गिट्टी र बालुवाको चोरी बढेको हो ।
खोलाको ठेक्का लगाउनमा ढिलाइ भएपछि अहिले ती खोलाबाट शसस्त्र प्रहरी र जनपथ प्रहरीको मिलेमत्तोमा ठूलो परिमाणबाट नदीजन्य पदार्थको तस्करी भइरहेको छ ।
पालिकाहरूले समयमा खोलाको ठेक्का नलगाउँदा उपभोक्ताहरू चोरी तस्करीको गिट्टी, बालुवा, ढुङ्गा चर्को मूल्यमा खरीद गर्न बाध्य छन् भने अर्कोतिर पालिकास्तरका विकास निर्माणका कामहरूसमेत प्रभावित भएका छन् ।
सशस्त्र प्रहरी बल , नेपाल सुरक्षा बेश शनिश्चरे झापाका प्रमुख डिएसपी गंगादत्त पन्तलाई आर्थिक प्रभावमा पारेर अर्जुनधारामा नदीजन्य सामग्रीको निरन्तर चोरी हुँदै आएको छ ।
डीएसपी दत्तले ४ महिनादेखि शनिश्चरे बेशको कमाण्ड सम्हाली रहेका छन् । उनले हाल सम्म सेटिङ नमिलेका ६ वटा ट्याक्टर मात्र नियन्त्रणमा लिएर पालिकामा बुझाइ कमिशन लिएका छन् । कमीशन थोरै आउने भएका कारण प्रक्रन भन्दा सेटिङमा नदि दोहनमा उनले सघाई रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । त्यती मात्र होइन उनले चोरी तस्करीमा संमलग्नसंग पनि राम्रै रकम कुम्लायंदै आएको स्रोतले जनाएको छ । साझा अनलाइनसंग पनि उनले आर्थिक प्रलोभनमा रहेर सेटिङमा गरिरहेको केहि तथ्य समेत प्राप्त छ । जसका कारण पनि तस्करीमा उनको मिलेमत्तो प्रस्ट हुन्छ ।
रातको समयमा खोलामा जाने ट्र्याक्टरका कारण सुत्नसमेत नसकेको स्थानीयलको गुनासो छ । राति ८ बजेदेखि बिहान ३ बजेसम्म करीब ४० देखि ५० ट्र्याक्टरले खोलाबाट नदीजन्य पदार्थ ओसार्ने गरेका छन् ।
खोलामा चोरीसँगै वर्षायाममा कटानको समस्या बर्षेनी बढ्दो छ । तस्करीबारे प्रहरीलाई जानकारी गराउँदा प्रहरी ढिलो आउने गरेकाले तस्कर नियन्त्रणमा आउन सकेका छैनन् ।









































