दोहा, कतार —

 झापाली समाज कतारद्वारा प्रकाशित भित्ते पात्रो ( क्यालेन्डर )  २०८३ को सार्वजनिक गरिएकाे छ । 

 २४ अप्रिल २०२६, शुक्रबारका दिन अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चौलागाईंले एक कार्यक्रमकाबिच  क्यालेन्डरकाे अनावरण गरेका हुन् । 

 झापाली समाज कतारका पदाधिकारी तथा अन्तर्राष्ट्रिय झापाली समाजका पदाधिकारीहरूबीच भेटघाट तथा विचार आदानप्रदान गर्ने  अवसरका रूपमा कार्यक्रम गरिएकाे बताईएकाे छ । 

कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चौलागाईं, उपाध्यक्ष नवीन पोखरेल, उपाध्यक्ष चुडामणि कार्की, सचिव भवानी प्रसाद कोइराला तथा मध्यपूर्व संयोजक केशव कार्कीको कार्यसमिति सदस्य अर्पण बिक्रम खड्काको उपस्थिति रहेको थियो।

received_964455245996606

त्यस्तै, झापाली समाज कतारका संरक्षक राजन कार्की सल्लाहकार तिलक सिलवाल  कार्यवाहक अध्यक्ष गणेश प्रसाद दुलाल, उपाध्यक्ष किरण परियार, महासचिव बिमल भारती, सचिव कृष्ण कार्की लगायत समाजका सम्पूर्ण पदाधिकारी, सदस्यहरू तथा कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूबीच आपसी सद्भाव तथा शुभकामना आदानप्रदान गरिएकाे थियाे । 

भित्ते पात्रोको अनावरण गर्दै वक्ताहरूले यसले नेपाली कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। विदेशमा रहेर पनि नेपाली पहिचान जोगाइराख्न यस्ता पहलहरू अत्यन्त आवश्यक रहेको उनीहरूको भनाइ थियो।

महासचिव बिमल भारतीले पात्रो प्रकाशनको उद्देश्यबारे प्रकाश पार्दै यस कार्यमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था तथा व्यक्तिहरूप्रति धन्यवाद व्यक्त गरे। 

received_2122752401917625

साथै, उक्त पात्रो नेपालका विभिन्न स्थानमा निःशुल्क वितरण भइरहेको जानकारी पनि गराए।

कार्यवाहक अध्यक्ष गणेश प्रसाद दुलालले मन्तव्य राख्दै सहयोगी, प्रायोजक तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै  आगामी दिनमा यस्ता सामाजिक तथा रचनात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष तथा झापाली समाज कतारका प्रमुख संरक्षक चुडामणि कार्कीले सन् २००४ मा स्थापना भएदेखि हालसम्मका गतिविधिहरूको स्मरण गर्दै आगामी दिनहरूमा पनि समाजप्रति आफ्नो निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता  ब्यक्त गरेका थिए ।  

त्यस्तै, उपाध्यक्ष नवीन पोखरेलले समाजका आगामी सामाजिक कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै अन्तर्राष्ट्रिय झापाली समाजले सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे । 

त्यस्तै अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चौलागाईंले समाजले गरेका कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा व्यक्तिगत तथा संस्थागत रूपमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

कार्यक्रमको सहजीकरण अन्तर्राष्ट्रिय झापाली समाजका सचिव साथै झापाली समाज कतारका संरक्षक भवानी प्रसाद कोइरालाले गरेका थिए ।