झापा
बाढीबाट प्रभावित दक्षिणि क्षेत्र झापा गाउँपालिकाका पीडितलाई कर्णाली बचत तथा ऋण सहकारी संस्थाले राहात उपलब्ध गराएको छ । सहकारीका सचिब भूपाल बस्नेतको नेतृत्वमा गएको टिमले पिडित परिवारलाई राहत वितरण गरेको हो । बाढी पिडितलाई तत्कालका लागि सामान्य खाद्यान्न वितरण गरिएको सचिव बस्नेतले जानकारी दिए ।

कर्णाली साकोस शणामती सेवाकेन्द्रले झापा गाउँपालिका वडा नम्बर ५ मा बिरिङ खोलाका कारण बिचल्ली भएका २८ घर घरपरिवारलाई राहात सहयोग गरेको हो।
कर्णाली साकोसका शेयर सदस्य परिवारलाई जनही पाँच हजार रुपैयाँका दरले र गैह्रसदस्य परिवारहरूलाई तीन हजार रुपैयाँका दरले र साथै १ बोरा चामल, १ बोरा भुजा, खानेतेल २ लिटर , २ केजि न्युटेला र अन्य सामानसहित सोही वडाका वडाध्यक्ष कृष्ण राजबंशीको रोहवरमा बितरण गरिएको बताइएको छ।

_1736908732.jpg)
कार्यक्रममा संस्थाका सचिव भुपाल बस्नेत, वडाध्यक्ष कृष्ण राजवंशी, सुरुङ्गा सेवा केन्द्रका कार्यालय प्रमुख रबिन कार्की, शरणामती सेवा केन्द्रका प्रमुख मंगलसिंह राजबंशीलगायत अन्य कर्मचारीहरुको उपस्थिति थियो।