झापा बिर्तामोड २ स्थित रामचोकमा रहेको नीदी  सेकेन्डरी स्कुलमा मतदानबाट विद्यार्थीहरूले क्याप्टेन र भाइस क्याप्टेन चयन गरेका छन् ।  क्याप्टेन चयन गर्दा अपनाइएको प्रक्रियाले संसदीय निर्वाचनको झल्को दिएको छ । आज शुक्रबार विद्यालय परिसरमा निर्वाचन प्रक्रियाबाट क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको हो ।

निर्वाचनमा कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको विद्यालयले जनाएको छ। १० वटा पदकालागि २१ जना उम्मेदवार प्रतिष्पर्धामा रहेको प्रमुख निर्वाचन आयुक्त प्रमोद बुढाथोकीले जानकारी दिए । 

५ सय २३ जना मतदाता रहेकोमा ४ सय ७० मत खसेको थियो । जम्मा ९० मत प्रतिशत खसेको प्रिन्सिपल भिष्म प्रसाईले जानकारी दिए । स्कुल क्याप्टेनमा आरएन काफ्लले नमस्ते चिन्हमा  २२९ मत ल्याउंदै बिजयी भएका छन् । उनीसंग प्रतिस्पर्धी हिमानी चम्लगांईले १३७ र बिकिता खरेलले ९७ मत प्राप्त गरेका थिए । त्यस्तै स्कुल भाइस क्याप्टेनमा श्रीजेश शिवाकोटीले घडी चिन्हमा २६२ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिस्प्रर्धी अंशस लिम्बुले २०१ मत ल्याएका थिए । 

त्यस्तै ग्रिन हाउसमा शिर्षक दाहालले चश्मा चुनाव चिन्हमा ७२ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिस्प्रर्धी पल्पसा शिवाकोटीले ३१ मत प्राप्त गरेकी थिइन । त्यस्तै ग्रिन भाइस क्याप्टेनमा सोसेमा लिम्बुले ट्रफि चुनाव चिन्हमा ८१ मत ल्याउंदै बिजयी भएका छन् । उनको प्रतिस्प्रर्धीले चेतन गौतमले २१ मत प्राप्त गरेका थिए । 

रेड हाउस क्याप्टेनमा गुरांस घिमिरे बस चिन्हमा ५२ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिस्प्रर्धी खुसी गौतमले ५० मत ल्याएका थिए । त्यस्तै  रेड हाउस भाइस क्याप्टेनमा आभाष राउत बाइक चिन्हमा ७२ मत ल्याउंदै बिजयी भएका छन् । उनको प्रतिस्प्रर्धी अनुसा खनालले ३३ मत प्राप्त गरेकी थिइन । 

त्यस्तै यल्लो हाउसबाट क्याप्टेनमा सम्राट प्रसाई साइकल चिन्हमा ७० मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिस्प्रर्धी आदित्य सिलवालले ४० मत ल्याएका थिए । त्यस्तै यल्लो हाउसबाट भाइस क्याप्टेनमा सोफिया संग्रौला हवाइजहाज चिन्हमा ६३ मत ल्याएर बिजयी भएकी छन् । उनको प्रतिस्प्रधी आर्दश बस्नेतले ४७ मत प्राप्त गरेका थिए । त्यस्तै ब्लु हाउसबाट जिवन बांस्कोटा तराजु चुनाव चिन्हमा ६२ मत ल्याउंदै क्याप्टेनमा बिजयी भएका छन् । उनका प्रतिस्प्रधी आयुष हजामले ५२ मत प्राप्त गरेका थिए । त्यस्तै ब्लु हाउस भाइस क्याप्टेनमा सिफना भट्टराई क्यालकुलेटर चिन्हमा ७६ मत ल्याएर बिजयी भएकी छन् । उनका प्रतिस्प्रर्धी अग्रज चुंडालले ३७ मत प्राप्त गरेका थिए । 

विद्यालयले सम्पूर्ण निर्वाचन प्रक्रिया शान्तिपूर्ण, निष्पक्ष तथा व्यवस्थित रूपमा सम्पन्न भएको जनाएको छ। विद्यालयमा लोकतान्त्रिक अभ्यासमार्फत विद्यार्थीहरूमा नेतृत्व विकास, जिम्मेवारी बोध तथा सहभागितामूलक संस्कारको विकास हुने हेतुले गरिएको प्रिन्सिपल प्रसाईले जानकारी दिए ।