बिर्तामोड । 

अन्तर्राष्ट्रिय च्याम्पियनसीप शो वल्र्ड अफ डान्स नेपालको सेमिफाइनलमा झापाको बिर्तामोडस्थित एस स्क्यार फेम प्रथम स्थान हासिल गर्दै ग्राण्ड फिनालेमा प्रवेश गरेको छ ।  सिनियर ग्रुपतर्फ एस स्क्यार फेम बिर्तामोडले ८८।५ प्रतिशत स्कोर ल्याएर प्रथम स्थान हासिल गर्न सफल भएको हो । 

बिहीवार भएको सेमिफाइनलमा सिनियर ग्रुपतर्फ एस स्क्यार फेम बिर्तामोडले पहिलो स्थान ओगटेको थियो । सिनियर ग्रुपतर्फ एस स्क्यार फेम बिर्तामोडको सेमिफाइनलमा पहिलो स्थान सुरक्षित गर्दै भोलि अर्थात शनिवार हुने ग्राण्ड फिनालेमा प्रवेश गरेको बताइएको छ । जुन ६ तारिख अर्थात भोलि शनिवार दिनको ४ बजेबाट द प्लाजामा शुरु हुने हुने ग्राण्ड फिनालेमा पहिलो, दोस्रो र तेस्रो हुनेले हङकङमा हुने अन्तरािष्ट्रय च्याम्पियनसीप शो मा सहभागीता जनाउन सक्ने बताइएको छ । 

झापा बिर्तामोडबाट समता खरेलसहितको टोलीले भोलि हुने ग्राण्ड फिनालेमा सहभागीता जनाउँदैछ । अन्तर्राष्ट्रिय च्याम्पियनसीप शो वल्र्ड अफ डान्स नेपालमा प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगिहरुले नगदसहित बहुमूल्य ट्रफी प्राप्त गर्नेछन् ।