बिर्तामोड :  हिमालयन टेलिभिजनबाट प्रशारित रियालिटी शो भ्वाइस अफ नेपालको सिजन–४ को टप ८ मा पुग्न सफल योगेश मगरलाई जिताउन अपिल गरिएको छ ।

झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी योगेश जिताउ अभियानले बिर्तामोड–४ निवासी २० वर्षीय मगरलाई अत्याधिक भोट गरी जिताउन अपिल गरेको हो । अभियानका संयोजक प्रभास थापा मगरले सुमधुर स्वरका धनी मगरलाई जिताउन आग्रह गरे । 

मगरलाई जिताउन अभियानले जिल्लाका विभिन्न स्थानमा स्थानीय कलाकारको साथ लिएर सहयोग संकलन गरिरहेको उहाँले बता्ए।  मगरलाई जिताउन नेपाल मगर विद्यार्थी संघ, युनाइटेड क्लब बिर्तामोडले समेत यथासम्भव प्रयास गरिरहेको छ ।

मगरलाई जिताउन भोटिङ महत्वपूर्ण रहेको छ । भोटिङका लागि खल्ती एपबाट कोड नंं। १२ मा निःशुल्क र सशुल्क भोट गर्न सकिने युनाइटेड युथ क्लबका अध्यक्ष साङ्गेदोर्जे शेर्पाले बताए । 

पन्छी एण्ड सनब्रस्ट ब्याण्डका मुख्य गायक योगेशले झापाका अधिकांश क्लब÷पब मा सांगीतिक प्रस्तुती दिइसकेका छन् । आफ्नै आत्मबल र स्वअध्ययनबाट गायन क्षेत्रमा स्थापित हुँदै गएका योगेश एक संघर्षशील युवा हुन् ।

पत्रकार सम्मेलनमा जिताउ अभियानका सदस्यहरु राज मुखिया, विश्वास कार्की, खुम खड्का लगायतले कुशल गायक योगेशलाई जिताउन भोटिङ महत्वपूर्ण भएकाले सबैको सहयोग अपरिहार्य भएको भन्दै सक्दो भोट गर्न आग्रह गरे ।  योगेशलाई शुक्रबारसम्म भोट गर्न सकिनेछ ।