बिर्तामोड : नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको अध्यक्षमा पुण्यप्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् 

विराटनगरमा सम्पन्न भएको ११ औँ वार्षिक साधरणसभा तथा सातौँ अधिवेशनबाट भट्टराई अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि नाट्टाको वरिष्ठ उपाध्यक्ष रहेका थिए ।

नाट्टाको वरिष्ठ उपाध्यक्षमा शेखर ढकाल, उपाध्यक्षमा सजीत तामाङ, महासचिवमा नवराज खरेल, सचिवमा जीवन पराजुली, कोषाध्यक्षमा सुरेन्द्र भण्डारी चयन भएका छन् । नाट्टाको सदस्यहरूमा मोहन सिलवाल, धर्म शिवाकोटी, गौरव श्रेष्ठ र गोपाल खड्का रहेका छन् ।

नाटाको साधारणसभा र अधिवेशनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गरेका थिए । कार्यक्रममा नाट्टा केन्द्रीय अध्यक्ष रमेश थापा, पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव सञ्जयकुमार राई, नाट्टाका गण्डकी, मधेश प्रदेशका अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।