नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सरकार आफैँले सुन तस्करी गरिरहेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले स्वर्ण युगको झल्को दिनेगरी सरकार आफैँ सुन तस्करीमा संलग्न भएको आरोप लगाएका हुन् ।

उनले सरकारले चिल आयो, चिल आयो भनेर देखाउने अनि कुखुरा आफू बोकेर कुद्ने शैली अपनाएको टिप्पणी समेत गरे ।

अध्यक्ष ओलीले देशको अवस्था नाजुक भएको उल्लेख गर्दै यस्तो अवस्थामा परिवर्तन ल्याउनैपर्ने बताए । देशको मूल्यमा कुनैपनि व्यक्तिको स्वार्थ पूरा गर्न नसकिने उनको भनाइ छ ।