बिर्तामोड । झापाको बिर्तामोड ४ मा रहेको गोमेन्द्र बहुमुखी महाबिद्यालय विद्यार्थीको पहिलो रोजाइ बन्दै गएको छ ।  २७ बर्षअघि स्थापना भएको महाबिद्यालयमा अभिभावक तथा विद्यार्थीको रोजाइमा पर्दै आकषर्ण बढ्दै गएको हो । 

आफ्नै ठाउंमा बिद्यार्थीले चाहेको र खोजेको बिषयसंग  सम्बन्धीत गुणस्तरीय शिक्षा विद्यार्थीले महाबिद्यालयबाटै प्राप्त गर्न  थालेपछि पछिल्लो समय बिद्यार्थीको आकर्षण बढ्दै गएको महाबिद्यालयले जनाएको छ ।  

गोमेन्द्रले हाल विद्यार्थीकालागि अध्ययापन गराइरहेको  बिषयहरु अध्ययनका लागि बिराटनगर वा काठमाडौं जानुपर्ने विद्यार्थीको बाध्यता यस अघि रहेको थियो । तर हाल सो कुराको अन्त्य भएको महाबिद्यालयका प्रचार्य डा. रुपक खनालको भनाई छ । 

न्युन शुल्कमा पढ्न पाउने, घर पायक पर्ने विद्यार्थीकालागि  डेरा बस्नु नपर्ने , आफ्नै घरको खाना  खाएर सर्वशुलभ तथा शान्त वातावरणमा गुणस्तरीय शिक्षा हासिल गर्न पाएपछि गोमेन्द्र प्रति  बिद्यार्थीको आकर्षण बढ्दै गएको प्राचार्य खनाल बताउंछन् ।    

२०५३ सालमा कक्षा ११ र १२ मा  २५ जना बिद्यार्थीबाट अध्यापन शुरु गरेको महाबिद्यालयमा हाल बिभिन्न कक्षामा  गरी हाल ४ सय ५० जना  छन् । 

शिक्षासेवी गणेशप्रसाद खनाल परिकल्पना र योजनामा जन्मिएको महाबिद्यालयले सुरुवाती समयमा  पूर्वमै पहिलो पटक कम्प्युटर साइन्स भित्र्याएको थियो । 

२०५३ सालदेखि ०५६ सालसम्म कक्षा ११ र १२ अन्तरगत ब्यवस्थापन (कमर्स), आर्ट र कम्प्युटर साइन्स शुरु गरेको महाबिद्यालयले क्रमश २०५६ सालमा ब्यवस्थापन संकाय अन्तरगत बिबिएस, २०५८ सालमा बिज्ञान तथा प्रबिधि संकाय अन्तरगत  बिसिए, २०६२ सालमा ब्यवस्थापन संकाय अन्तरगत बिबिए गर्दै २०७९ सालदेखि ब्यवस्थापन संकाय अन्तरगत एमबिए र बिज्ञान तथा प्रबिधि अन्तरगत एमसिए बिषयमा अध्यापन गराउँदै आएको छ । 

एमबिए बिहान ९ बजेसम्म र र एमसिए बेलुका ५ बजेपछि अध्यापन हुने भएकाले उक्त बिषय अध्ययनरत बिद्यार्थीहरुले अन्य क्षेत्रमा जागिर पनि गर्न सक्ने डा. खनालले बताए । हालसम्म उक्त बिद्यालयबाट अध्ययन पूरा गरेका करिब एक हजार ६ सय ८० जना बिद्यार्थी बिभिन्न क्षेत्रहरुमा कार्यरत रहेको समेत बताइएको छ । 

प्राचार्य डा. खनालका अनुसार आगामी (०८१) को शैक्षिक सत्रदेखि बिज्ञान तथा प्रबिधि संकाय अन्तरगत ब्यालर अफ टेक्नोलोजी आर्टिफिसियल इन्टेलिजेन्स (बि.टेक) बिषय पनि सञ्चालन हुनेछ ।  

महाबिद्यालयमा झापा, इलाम, पाँचथर र नर्थ बंगालका बिद्यार्थीहरु अध्ययनरत रहेका जनाइएको छ ।  एक बिघा क्षेत्रफलमा रहेको महाबिद्यालयमा बिद्यार्थीका लागि भरिवल, क्रिकेट, टेवल टेनिसलगायतका खेल खेल्ने ठाउँ छन् भने फुटसल र बास्केटवल खेलका लागि पनि ठाउँ बनिदै गरेको डा. खनालले बताएका छन् । उक्त महाबिद्यालयमा शिक्षिक र कर्मचारी गरेर ३२ जनाले प्रत्यक्ष रोजगारीसमेत पाएको बताइएको छ । 

  पछिल्ला केही बर्ष यता नेपालमा अध्ययनपछि बिद्यार्थीले आफ्नो शिक्षा र क्षमता अनुसारको काम नपाउने भएकाले पनि बिदेशिने क्रम बढ्दै गएको डा. खनालले बताए । बिद्यार्थी बिदेशीने अहिले ट्रेन्ड बढेको उनको भनाई छ । जसको असर करडौं लगानी गरेर सञ्चालनमा आएका महाबिद्यालयहरुलाई परेको छ ।