सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि.ले इलाम जिल्लाका बाढी पिडित सदस्यहरुलाई राहत उपलब्ध गराएको छ । संस्थाले आज माई नगरपालिका कार्यक्षेत्र अन्तर्गतको सितली सेवाकेन्द्रका १६ जना सदस्यलाई राहत उपलब्ध गराएको हो ।

केही दिन अगाडिको अबिरल वर्षासँगै आएको पहिरोमा परि घरबार विहिन बनेका सदस्यहरुलाई सामाजिक उत्तरदायित्व वहन गर्दै संस्थाले खाद्यान्न सहितका सामाग्रीहरु हस्तारन्तरण गरेको संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले जानकारी दिए ।

IMG-20251013-WA0042

आज संस्थाले माइ नगरपालिकाको सितली बजारमा एक संक्षिप्त कार्यक्रमका बीच पिडित सदस्यलाई राहत प्रदान गरेको हो । माइ नगरपालिका २ का वडाध्यक्ष उर्द बहादुर राईको उपस्थितिमा पिडित सदस्यलाई कार्यकारी प्रमुख बस्नेत, संस्थाका सचिव इन्द्र बहादुर कार्कीे, कोषाध्यक्ष मेहरमान बिष्ट, जनसम्पर्क अधिकारी विजय बस्नेत, आई.टी. अधिकृत विजय पाण्डे, सेवाकेन्द्र प्रमुख भानुभक्त गौतम लगायतले चामल, दाल, नुन, तेल लगायतका सामाग्री प्रदान गरेका थिए ।

त्यसैगरी संस्थाले चार दिन अघि झापाको झापा गाउँपालिकामा बाढीबाट विस्थापित बनेका नागरिकलाई पनि स्थानीयतह तथा प्रशासनको समन्वयमा राहत उपलब्ध गराएको थियो ।

संस्थाले झापा गाउँपालिकामा बाढीबाट पिडित बनेका आफ्ना सदस्यलाई पनि केही दिन भित्र मै राहत उपलब्ध गराउने जनाएको छ ।

झापाको विर्तामोड ४ मा मुख्य कार्यालय रही झापा, इलाम, पाँचथर र मोरङ्ग जिल्लाका ४६ सेवाकेन्द्र मार्फत संस्थाले सेवा प्रवाह गर्दै आएको छ । बचत र ऋणको कारोबार मात्र नभई संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमै कार्ययोजना बनाएर विभिन्न कामहरु गर्दै आईरहेको छ ।