झापा । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गाबाट लागूऔषध ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थसहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २०८३ साल भदौ ३० गते राति करिब १० बजे कनकाई नगरपालिका–३ सुरुङ्गास्थित आफ्नै घरमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

प्रहरी वरिष्ठ नायब निरीक्षक रवि राईको कमान्डमा खटिएको टोलीले स्थानीय ३५ वर्षीय बादसा भन्ने फियाज मोमिनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनको साथबाट प्लास्टिकसहित २५ ग्राम १० मिलिग्राम (१३९ पोका) ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ, नाइट्रोजन ६ पत्ता (६० पिस), नगद १२ हजार रुपैयाँ, एक थान डिजिटल तराजु र दुई थान मोबाइल बरामद गरिएको छ।

पक्राउ परेका मोमिनलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय सुरुङ्गामा ल्याइएको प्रहरीले जनाएको छ।