काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिकाअनुसार अक्टोबर २६ देखि सुरु हुने प्रतियोगिताको फाइनल खेल नोभेम्बर २१ मा हुनेछ ।
तालिकाअनुसार पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रि वि क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।

अक्टोबर २६ देखि नोभेम्बर १५ सम्म लिग चरणका खेलहरू सञ्चालन हुनेछन् । खेल तालिका अनुसार नोभेम्बर १७ मा पहिलो क्वालिफायर र नोभेम्बर १८ मा एलिमिनेटर खेल हुनेछ । नोभेम्बर १९ मा दोस्रो क्वालिफायर तथा नोभेम्बर २१ मा ग्रान्ड फाइनल खेल हुनेछ ।प्रतियोगितामा विराटनगर किंग्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यसअघि दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो ।










































