झापाको बिर्तामोड ५ स्थित न्युटन्स एजुकेशन एकेडेमीले ६२ ओैं बालदिवस तथा संबिधान दिवसको अवसर पारेर प्रि प्राइमरीका विद्यार्थीहरूको विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
बाल दिवस, शिक्षा दिवस तथा संविधान दिवसको अवसरमा आज शनिबार विद्यालयका प्रि–प्राइमरी तहका विद्यार्थीहरूले विशेष सांस्कृतिक प्रस्तुति राखेका हुन् ।
बिर्तामोड स्थित एडभान्स प्याथोलोजिको निर्देशक डाक्टर सिमा प्रधानको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष धर्मा प्रसाई पराजुलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डाक्टर प्रधानले विद्यालयले बालबालिकाको सर्वाङ्गीण विकाससँगै उनीहरूमा लुकेको प्रतिभा प्रस्फुटनका लागि यस्ता अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिनु पर्ने भन्दै विद्यालय परिवारप्रति धन्यवाद ब्यक्त गरिन ।
कार्यक्रममा विद्यार्थीले बिभिन्न जात जातिको धर्म संस्कृति अनुसारको पहिरनमा सजिएर प्रस्तुति दिएका थिए । साथै नानीबाबुहरूले विभिन्न गीत, नृत्य, कविता तथा मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूसंगै अभिभावहरुको कार्यक्रममा उत्साहपूर्ण सहभागिता रहेको थियो ।
बालबालिकाको प्रतिभा प्रस्फुटन, सिर्जनशीलता विकास तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल देबेन्द्र हुमागांइले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि डाक्टर प्रधान, विद्यालयका पुर्व विद्यार्थी बिर्तासिटी अस्पतालका डाक्टर बिबिसा बुढाथोकी, बिर्तामोड नगरको शिक्षा शाखाका अधिकृत लासागं तामागं लयातले शुभकामना मनतब्य राखेका थिए । कार्यक्रममा विद्यालयका पुर्व विद्यार्थीहरू डाक्टर जेसिका चुडांल , बिबिसा बुढाथोकी, सुजता मैनाली र ईश्वरी मण्डलको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यालयका निर्देशक आशिष प्रसाईं , एकेडेमिक इन्चार्ज पराशर दाहाल, स्कुल इन्चार्ज नोयल पेरेरा, वेसिक लेभल इन्चार्ज भिमप्रकाशशर्मा पौडेल लगायत विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति रहेको थियो।
आमन्त्रीत अतिथिलाई युकेजीका छात्रा रिन्चेन तामागंले वेलकम स्पिच राखेको कार्यक्रममा स्वागत प्रि पाइमरी इन्चार्ज सावित्रा चापागांईले गरेकी थिइन । शिक्षक पवित्रा पौडेलले सन्चालन गरेको कार्यक्रममा प्रिन्सिपल देबेन्द्र हुमागांइले धन्यवाद ज्ञापन गरेका थिए ।










































