श्री कृष्ण प्रणामी युवा परिषद नेपाल , जिल्ला कार्य समिति झापाको ३६ ओै बार्षिक साधारणसभा सम्पन्न भएको छ । बिर्तामोड ४ स्थित  श्री प्राणनाथ सामुदायिक सत्सङ भवनको  सभाहलमा आज शनिबार एक कार्यक्रमकाबिच साधारणसभा सम्पन्न भएको हो । 

20260912_125014.jpg

युवा परिषद झापा अध्यक्ष समर्पण खतिवडाको अध्यक्षता तथा  युवा परिषद केन्द्रिय उप महासचिव टहलदास ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । युवा परिषद उपाध्यक्ष उमेश मिश्रले स्वागत गरेको कार्यक्रमको सन्चालन  सचिव बासुदेव पाण्डेले गरेका थिए । 

20260912_144143.jpg

 कार्यक्रममा उत्कृष्ट बनेका जिल्लाका प्रासका अध्यक्षले  प्रतिबेदन प्रस्तुत गरेका थिए ।  त्यस्तै अध्यक्षको प्रतिवेदन  खतिवडाले  प्रस्तुत गरेका थिए । उनले युवा परिषदले अहिले सम्म गरेका काम र भावि  कार्ययोजना प्रस्तुत गरेका थिए ।  युवा परिषदको झापामा ३२ वटा प्रारम्भिक समिति रहेका छन् । 

20260912_141815.jpg

कार्यक्रममा प्रमुख अतिथि ओली , पुर्व अध्यक्ष समाजको संयोजक अनिल ढुङ्गाना,   बाईजुराजको कन्द्रिय सदस्य मिरा अधिकारी ओली, श्री प्राणनाथ सामुदायिक सत्सङ भवनका युवा परिषदका अध्यक्ष लय कडरियाले  शुभकामना मनतब्य राखेका थिए । 

20260912_142815.jpg

कार्यक्रममा युवा परिषद केन्द्रिय सल्लाहकार सुवाष रिजाल , प्रदेश उपाध्यक्ष मोहन अधिकारी तथा जिल्लाका बिभिन्न प्रासका अध्यक्ष तथा पदाधिकारी सहित सुन्दरसाथहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा उत्कृष्ट प्रास बुधबारे, दुहागढी, घोडामारा, बाहुनडाँगीको तेलपानी, दमक र शरणामतीलाई  कदर पत्र सहित सम्मान गरिएको थियो । 

त्यस्तै युवा परिषदले सामाजिक उत्तरदायित्व अन्तरगत रसुवा भोटेकोशी खोलामा आएको बाढीका कारण भएको क्षति, राहत तथा पुःनस्थापनका लागि २१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।  उक्त रकम सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिने परिषदका जिल्ला अध्यक्ष समपर्ण खतिवडाले जानकारी दिए ।