चारपाने ।
शब्दपत्र प्रकाशन प्रालिद्धारा सञ्चालित शब्दपत्र डटकम अनलाइन न्युज पोर्टलले बार्षिक समिक्षा बैठक तथा अन्तरक्रियात्मक कार्यक्रम गरेको छ । झापाको बिर्तामोड–४ को शब्दपत्र डटकम अनलाइनले आइतवार बिर्तामोड–२ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा बार्षिक समिक्षा बैठक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको हो । प्रालिको छैटौं बार्षिकोत्सवको पूर्व सन्ध्यामा पहिलो समयमा सञ्चार माध्यमका समस्या, चुनौती तथा तयसको समाधानका बिषयमा समिक्षा गरिएको थियो ।
प्रा।लिका अध्यक्ष बालकृष्ण गिरीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश प्रालिका सम्पादक तथा प्रकाशक उद्धव पुरीले गरेको कार्यक्रमको सहजीकरण प्रालिका सञ्चालक उमेश भारतीले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि गिरी, प्रालिका सल्लाहकार वासु दुलाल, प्रजित पुरी, पत्रकार झुलन रेग्मी, राजु बराल, रन्जित परियारलगायतले हालको सञ्चार क्षेत्रकोे चुनौतीसँगै समस्या र त्यसको समाधानका बिषयमा आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रममा प्रालिका सञ्चालक पार्वता भारती गिरी, सञ्चालक तथा गायिका तारा दुलाल, सल्लाहकार बिदुर गिरीलगायतको आतिथ्य रहेको थियो ।










































